
झापा, २६ मंसिर । एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाइन खबर डटकम न्युज पोटलका सम्पादक सन्तोष न्यौपाने पुरस्कृत तथा सम्मानित भएका छन् ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारणसभाको अवसरमा शनिवार (आज) पत्रकार न्यौपानेलाई नगद १० हजार सहित पुरस्कृत तथा सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व गृह राज्यमन्त्री तथा पूर्व राष्ट्रिय सहकारी महासंघका अध्यक्ष दीपक प्रकाश वाँस्कोटा, विशेष अतिथि प्रदेश नं. १ सहकारी रजिष्ट्रार बलराम निरौला, बिर्तामोड नगरपालिका को उपमेयर पवित्रा महतरा प्रसाई, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बहादुर बस्नेत लगायतले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
पत्रकार न्यौपाने डेढ दशकदेखि झापालाई कार्यथलो बनाएर पत्रकारिता गर्दै आएका छन् । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी, सदस्यलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाको तालिम विभागीय प्रमुख प्रेम बस्नेत (विजय) ले सञ्चालन गरेका थिए ।
झापा, मोरङ र इलाममा ३३ वटा सेवा केन्द्र रहेको संस्थामा आर्थिक बर्ष २०७७÷०७८ सम्ममा ३७ हजार ५ सय ६६ जना शेयर सदस्य तथा २४ करोड ६६ लाख २१ हजार ८ सय शेयर पुँजी रहेको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले बचत संकलन ५ अर्व ६५ करोड ९२ लाख ९८ हजार ६४३ रुपैयाँ, बचत फिता ४ अर्व ८२ करोड १२ लाख ४० हजार २५२ रुपैयाँ, बचतमा रहेको रकम ८३ करोड ८० लाख ५८ हजार ३९१ रुपैयाँ, कर्जा लगानी ३ अर्व ९६ करोड १ लाख ७७ हजार २६८ रुपैयाँ, कर्जा असुली २ अर्व ४० करोड ९१ लाख ४८ हजार ४०९ रुपैयाँ, लगानीमा रहेको रकम २०७७ असार मसान्तसम्म १ अर्व ५५ करोड १० लाख २८ हजार ८५८ रुपैयाँ, जगेडा तथा कोषहरु १२ करोड ६४ लाख ९७ हजार ६१८ रुपैयाँ रहेको अध्यक्ष भट्टराईले प्रस्तुत प्रतिवेदनमा छ ।
त्यस्तै आम्दानी तर्फ २२ करोड २ लाख २५ हजार ५७२ र खर्चतर्फ १९ करोड ५४ लाख १३ हजार ५९२ रुपैयाँ गरी संस्थाले २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ संस्थाले नाफा गर्न सफल भएको अध्यक्षद्धारा प्रस्तुत गरिएको प्रतिवेदनमा छ ।
- admin


