
बिर्तामोड, १२ असोज । नेपाली कांग्रेस (विपी) जिल्ला कार्यसमिति झापाको कार्यालय बिर्तामोडमा स्थापना गरिएको छ ।
बिर्तामोडको भद्रपुररोडमा स्थापना गरिएको नेपाली कांग्रेस (विपी) जिल्ला कार्यसमिति झापाको कार्यालयको उद्घाटन नेपाली कांग्रेस (विपी) का केन्द्रीय सभापति सुशिलमान शेरचनले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शेरचनले नेपाली कांग्रेस विपीको विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपीको विचारलाई स्थापित गर्ने मूल उद्देश्यका साथ नेपाली कांग्रेस (विपी) निर्माण गरेको बताए ।
उनले शेरबहादुर नेतृत्वको नेपाली कांग्रेसले नेता र कार्यकर्ताको अत्यन्तै धेरै अवमुल्यन गर्ने र भुँईफुट्टा वर्गलाई प्रोत्साहन गर्ने गरेकोले आफूहरुले वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा नेपाली कांग्रेस ९विपी० निर्माण गरेको बताउँदै यही विचारका साथ सबै निर्वाचन क्षेत्रमा आफूहरु करुवा चिन्ह लिएर जाने र राष्ट्रिय पार्टीको रुपमा आफूहरुलाई नेपाली जनताले अनुमोदन गर्ने कुरामा ढुक्क रहन आग्रह गरे ।
पार्टीका तदर्थ समिति झापाका सभापति दुर्गाप्रसाद घिमिरेको सभापतित्व तथा केन्द्रीय सभापति सुशिलमान शेरचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झलेन्द्र ओलीले स्वागत गरेका थिए । कार्यक्रममा पार्टीकी वरिष्ठ उपसभापति रिता खनाल, केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं। २ का उम्मेदवार नारायण भारती, नेपाल प्रजातान्त्रिक पत्रकार संघका संयोजक शेखर सेडाईलगायतले वीपीको विचारलाई स्थापित गर्नको लागि नेपाली कांग्रेस ९विपी० निर्माण गरेको बताए। कार्यक्रमको सञ्चालन पार्टीका तदर्थ समिति झापाका सचिव भक्ति पनेरुले गरेका थिए ।



