ओखलढुङ्गा, २२ फागुन । ओखलढुंगाको सिद्दिचरण नगरपालिका–५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका–३ दियालेकी ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । आज बिहान ८ बजे ओखलढुंगातर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।
Facebook Comments Box
- admin



