
झापा, २५ साउन । वरिष्ठ पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ ।
लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको अइतवार अपरान्ह पौने ६ बजेतिर मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भए पछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलबाट आज घर पुर्याएको केही घण्टमामै उनको निधन भएको थियो ।
रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै थिए । उनका थुर्पै साहित्यिक रचना प्रकाशित छन् । उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।
दिवंगत श्रेष्ठप्रति झापा अनलाइन परिवार हार्दिक श्रद्धाञ्जली एवम् परिवारजनमा समवेदना प्रकट गर्दछ ।
Facebook Comments Box
- admin


