
बिर्तामोड, ३ बैशाख । नेपाल ट्रेड युनियन काङ्ग्रेस झापाले स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस पार्टीका उम्मेदवारलाई जिताउन सशक्त भुमिका खेल्ने निर्णय गरेको छ ।
ट्रेड युनियन काङ्ग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको अध्यक्षतामा सम्पन्न आबद्ध सस्थाका अध्यक्षहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आगामी बैशाख १८ गते १३३ औ मे दिवस भब्यताका साथ बिर्तामोडमा मनाउने निर्णय गरेको छ । ट्रेड युनियन काङ्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल, प्रदेश उपाध्यक्ष दीपक प्रधान लगायत सहभागी बैठकले रिक्सा तथा ठेला श्रमिक सङका पुर्ब अध्यक्ष एवं अग्रज ट्रेड युनियनकर्मी मनिका माझीलाइ जिल्ला सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
Facebook Comments Box



