मोरङ, २२ फागुन । मोरङको जहदा गाउँपालिका–४ लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका शम्भू यादवको छोरा १८ वर्षीय उपेन्द्र यादव रहेका छन् । आज दिउँसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comments Box
- admin


