झापा, १८ कात्तिक । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ६५५ रुपैयाँ कायम भएको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ६७५ रुपैयाँ रहेको थियो।
मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको महासङ्घले जनाएको छ।
Facebook Comments Box



