झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १५ साउन । झापाको मेचीनगरका एक युवाले बञ्चरो प्रहारी गरी आज श्रीमतीको हत्या गरेका छन् । मेचीनगर नगरपालिका–११ मेचे टोलका २८ वर्षीय राजीव मेचेले पत्नी २० वर्षीया मनिषा मेचेलाई आज दिउँसो टाउकोमा बञ्चरोले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । हत्या पश्चात मेचे फरार भएका छन् भने उनको खेजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

Read More

राजविराज, १५ साउन । सप्तरीको राजविराज–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार ंंंसम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । बेचनीदेवीसहित पति सूर्यनारायण साह र दुई वर्षीय छोरी प्रतिभाको हत्या गरी राजविराज नगरक्षेत्रमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सूर्यनारायण साहको नागरिकता बनाउने विषयमा घरपरिवारसँग विवादको विषयलाई लिएर र पुरानो रिसइबीका कारण…

Read More

काठमाडौँ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताउनुभयो । “राजाजस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन”, अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो, “निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा जनता…

Read More

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७४÷७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको भनाइ थियो । “के कारणले बेरुजु भएको हो रु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकाय र व्यक्तिले उन्मुक्ति नपाउने बताउनुभयो…

Read More

झापा, १५ साउन । नेपालको जगको रुपमा चिनिने सबैभन्दा होचो भूभागमा रहेको कचनकवल स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा गाडिएको छ । हाल कचनकवल गाउँपालिका, वडा नं. ४ मा पर्ने साविक केचना गाविसमा नेपालकै सबैभन्दा होचो भाग हो । कचनकवल समुन्द्र सतहदेखि ५८ मिटरको उचाइमा रहेको छ । साविक केचना गाविस खुल्ला दिसामुक्त घोषणा भएसँगै सो स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा फहराइएको हो । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले साविक केचना गाविस खुल्ला दिसामुक्त भएको घोषणा गरे । उनले खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराउनुका साथै सो झण्डा केचनाका वडाअध्यक्ष परमानन्दसिं राजवंशीलाई हस्तान्तरण गरे । सो झण्डालाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता…

Read More

बलिडका धेरै निर्माता–निर्देशकहरु अहिले बायोपिकको पछाडि कुदिरहेका छन् । सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ हिट भएपछि त झन् यो सिलसिला ह्वात्तै बढेको छ । हुँदा हुँदा सन्नी लियोनीको पनि बायोपिक आइसकेको छ । यो बायोपिक वेब सिरिजका रुपमा आएको हो । यसको नाममा तीव्र विवाद उब्जे पनि अहिले साम्य भइसकेको छ । यसैबीच एक निर्देशक कमेडियन कपिल शर्माको बायोपिक बनाउन तातेका छन् । उनले बायोपिकको नाम पनि जुराइसकेका छन्, ‘कपिल शर्माः द रियल हिरो’ । सञ्जु हेरेपछि आफूलाई कपिलमाथि बायोपिक बनाउने आइडिया फुरेको तिवारी बताउँछन् । उनले यसमा कपिल स्वयम्लाई अभिनय गराउन चाहेका थिए । तर, सफल भएनन् । तिवारीले भने,…

Read More

अहिलेको जमानामा मानिसहरुलाई कोभन्दा को कम भन्ने नशा नै लागेको छ । प्रतिस्पर्धाको यो युगमा अघि बढ्न वा चाहेको कुरा प्राप्त गर्नका लागि कोही मानिसहरुले निकै स्मार्ट तथा इमान्दार बाटो अपनाउँदछन् तर केही मानिसहरु जुनसुकै हदसम्म गिर्न तयार हुन्छन् । चीनमा हालै यस्तै घटना सार्वजनिक भएको छ । जसमा एक युवतीले घर किन्नका लागि एक दुई होइन २० जना ब्वायफ्रेण्ड बनाइन् । एक पछि अर्को गर्दै नयाँ नयाँ केटाहरुसँग प्रेमको नाटक रची सबैसँग आइफोन सेभेन फुत्काउन सफल भइन् । आफ्ना सबै २० ब्वायफ्रेण्डसँगबाट गरी २० वटा आइफोन हात पार्न सफल भएकी ती युवती अन्ततः एकसाथ सबै केटाहरुलाई जिल्ल पार्दै छाडिन्…

Read More

बिर्तामोड, १५ साउन । बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रमा रहेका विभिन्न माग राखी आन्दोलनरत विद्यार्थी संगठनहरुसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । अनेरास्वबियु र अखिल क्रान्तिकारी झापाले विभिन्न आठ बुँदे माग र आन्दोलनका कार्यक्रम तय गर्दै नगरपालिकामा ज्ञापनपत्र दिएपछि नगर शिक्षा समितिको आज बसेको बैठकले नगर शिक्षा अधिकारी युवराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको शिक्षा समितिको बैठकको निर्णय अनुसार गुरुभक्त न्यौपाने, उमानाथ ओली, कृष्णप्रसाद पाठक र युवराज कट्टेल रहेको वार्ता समिति गठन गरिएको छ ।

Read More

बिर्तामोड, १६ साउन । सडक दुर्घटनामा निधन भएका पत्रकार गोपिकृष्ण खनालको स्मृतिमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ । स्व. खनालको तेह्रौँ दिनको पून्यतिथिमा आज उहाँकी श्रीमती रुपीदेवी खनालको संरक्षकत्वमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ र ‘गोपीकृष्ण पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो । प्रतिष्ठानले पत्रकारितालाई जीवन्त बनाउन लागिपर्ने राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई गोपीकृष्ण पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । प्रतिष्ठानको गठन, पुरस्कारको राशी, विधान निर्माण र कार्यक्रमपछि तय गरिने स्व खनालका जेठा छोरा मनोज खनाले बताउनुभयो । खनालले आफ्नो बुबाको नाममा पुरस्कार राखी उहाँको पत्रकारिता र सामाजिक सेवाको कार्यलाई निरन्तरता दिने योजना बनाएको उल्लेख गर्नुभयो । त्यस्तै, उहाँद्वारा लिखित…

Read More