
बिर्तामोड, १५ साउन । झापाको मेचीनगरका एक युवाले बञ्चरो प्रहारी गरी आज श्रीमतीको हत्या गरेका छन् ।
मेचीनगर नगरपालिका–११ मेचे टोलका २८ वर्षीय राजीव मेचेले पत्नी २० वर्षीया मनिषा मेचेलाई आज दिउँसो टाउकोमा बञ्चरोले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
हत्या पश्चात मेचे फरार भएका छन् भने उनको खेजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

