झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १० साउन । कसैको गालीबेइज्जती गरे के हुन्छ रु कानुन भन्छ, ‘मुद्दा चल्छ र सजाय हुन्छ ।’ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसो गरे उसको पद नै जान्छ । जस्तो कि भर्खरै कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामा दिन बाध्य भए । उनले एउटा समूहका चेलीहरूलाई औंल्याएर दिएको मन्तव्य रातारात सामाजिक सञ्जालमा भाइरल भयो । भूलबसै सही, कसैको मर्ममा प्रहार हुने गरी बोलेबापत तामाङले एक ढंगको कारबाही भोगेका छन् । तर यही कुरो उनले भन्दा चर्को स्वरले र पहिले भनेका थिए मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले । भक्तपुरमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएका उनले चेलीहरूको सामूहिक…

Read More

काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रो नेपालः हामी नेपाली, हामी जनताका सेवक’ को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ६ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको विभिन्न प्रतिबद्धतामा नयाँ प्रतिबद्धता लेखेर थप्दै त्यसलाई आफूले पालना गर्ने र अरुले पनि गर्नुपर्ने बताएका हुन् । उनले सधैँ सफा र स्वच्छ व्यक्तिका रुपमा रहन पनि नयाँ अधिकृतलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले कर्मचारीले जहाँ पुगे पनि उज्यालो ज्योतिका रुपमा रही नवप्रवर्तनकारी काम गरेर…

Read More

हाल प्रदर्शनरत फिल्म ‘पण्डित बाजेको लौरी’ को प्रदर्शन तत्काल रोक्न राष्ट्रिय बादी परिषद्ले चेतावनी दिएको छ । नेपालगञ्‍जमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परिषद्ले फिल्ममा बादी समुदायलाई ‘होच्याउने’ शब्दहरु प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । फिल्मसँगै सरस्वती प्रतिक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ नामक उपन्यासमा बादी समुदायलाई ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दहरु प्रयोग भएकाले सच्याउन आग्रह गरिएको छ । परिषदका अध्यक्ष केशव नेपाली ९बादी० ले फिल्म र उपन्यास नसच्याए ‘जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने’ चेतावनी दिएका छन् । उनी भन्छन्, ुबादी समुदायले श्रीमतीको देहव्यापार गरेर कमाई खान्छन् भन्ने देखाइएकाले त्यो भर्त्सनायोग्य छ ।ु परिषद्का महासचिव सुकलाल नेपाली ९बादी०…

Read More

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले आफ्नो पकड गुमाउँदै गएका छन् । केही वर्षयता उनले कुनै पनि ब्लकवस्टर दिन सकेका छैनन् । अमेरिकी म्यागजिन फोर्बसले हालै प्रकाशित गरेको विश्वका १०० सेलिब्रिटीको सूचीमा शाहरुख खान अटाएका छैनन् । सर्वाधिक कमाई गर्ने विश्वका सेलिब्रिटीको सूचीमा बलिउडका अक्षय कुमार र सलमान खान परेका छन् । सलमान खानभन्दा अक्षय कुमार यो सूचीमा अगाडि छन् । धेरै वर्षदेखि शाहरुख फोर्बसको सूचीमा पर्दै आएका थिए । यस पटक उनी बाहिरिँदा अक्षय कुमारलाई ७६औं र सलमान खानलाई ८२औं स्थान प्राप्त भएको छ । सन् २०१७ को सूचीमा शाहरुख खान ६५औं स्थानमा थिए । यस पटक अक्षय कुमारले…

Read More

बिबिसी । अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ। यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो। यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो। फेला परेको भनिएको ताल मङ्गल ग्रहको दक्षिणी ध्रुवमा हिउँमुनि रहेको छ। मङ्गल ग्रहको…

Read More

मोरङ, १० साउन । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो दुग्ध उद्योग सञ्चालनमा ल्याइएको हो । सो क्षेत्रका किसानले दूधको मूल्य राम्रो पाउने भएका छन् । साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आर्चायका अनुसार पूर्वी मोरङमै दूध उत्पादन बढी हुने गोठगाउँका किसानको दुग्ध उत्पादनले बजार पाउने भएको छ ।…

Read More

सुमन घिमिरे उर्लाबारी, १० साउन । तत्कातीलन नेकपा ९एमाले० का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ । गत चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको उक्त संग्रहालय चैत १८ गतेदेखि खुल्ला गरिएको छ । संग्रहालय जननेता भण्डारीको जन्मदेखि मृत्युसम्मका सबै विषयमा खोज एवं अनुसन्धान गर्नेका लागि महत्वपूर्ण स्थल बनेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका अध्यक्ष गुरुप्रसाद बराल बताउनुहुन्छ । ‘मदन भण्डारी संग्रहालय’ राजनीतिज्ञ, खोज तथा अनुसन्धानकर्ताको लागि महत्वपूर्णस्थल रहेको बताउनुहुँदै अध्यक्ष बरालले संग्रहालयको संरक्षण तथा सम्वद्र्धनमा सरकारले ध्यान दिनुपर्नेमा जोड…

Read More

झापा, १० साउन । काममा ढिलाइ र ठेकेदारको लापरवाहीले जिल्ला विकासमा छुट्टिएको रकम खर्च हुन सकेको छैन । गत वर्ष एक अर्ब ५० करोड ६० लाख २४ हजार २ सय ८८ रुपैयाँ फ्रिज भएको छ । यो रकम जिल्लामा कुल बजेटको १० दशमलव ३० प्रतिशत हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै पुँजीगततर्फको बजेट खर्च हुन नसकेको हो । कार्यालय प्रमुख लावन्यराज दाहालले जिल्लामा पुँजीगततर्फ ७१ करोड ८३ लाख ५१ हजार ३ सय ३२ रुपैयाँ खर्च हुन नसकेको जानकारी दिए । उनका अनुसार पुँजीगततर्फ कुल बजेट ३ अर्ब ४१ करोड ९७ लाख २८ हजार ५ सय…

Read More

बिर्तामोड, १० साउन । सरकारी लापरवाहीका कारण गोलभेंडा निकासीमा समस्या देखिएको छ । लामो समयदेखि भारत निर्यात हुँदै आएको गोलभेंडा भारतीय प्लान्ट क्वारेन्टाइन अर्डरमा सूचीकृत नगराएका कारण समस्या आएको हो । सरकारले सूचीकृत गराउन अहिलेसम्म पहल समेत गरेको छैन । भारतमा कृषिजन्य सामान निर्यातका लागि इन्डियन प्लान्ट क्वारेन्टाइन अर्डर (नोटिफिकेसन सूची) मा सूचीकृत हुनुपर्छ । उक्त अर्डरमा गालभेंडा, स्कूस, भेँडेखुर्सानी, मटरकोसालगायत नेपाली कृषि उपज सूचीकृत भएका छैनन् । ‘यसरी सूचीकृत नभएको अवस्थामा अनौपचारिक रूपमा निकासी गर्दा भारतीय कर्मचारीको इच्छाको भरमा हुने नै भयोे’, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यालयकी प्रमुख सावित्री बरालले भनिन्, ‘१० औं वर्षदेखि यसरी नै अनौपचारिक रूपमा नेपाली गालभेंडाको…

Read More

झापा, १० साउन । चियासम्बन्धी पहिलो अक्सन केन्द्र पूर्णरूपमा सञ्चालनमा नआउँदै बन्द भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समावेश पनि नगरिएको र बजेटसमेत उपलब्ध नगराइएकाले मुलुककै पहिलो र एक मात्र अक्सन केन्द्र बन्द भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि बजेट उपलब्ध नगराउँदा अक्सन केन्द्र बन्द भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । पूर्ण रूपमा सञ्चालनमा नआए पनि सरकारले पछिल्लो पाँच वर्षदेखि उक्त केन्द्रका लागि बजेट छुट्टयाउँदै आएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एनटीआईएस आयोजनाबाट उक्त बजेट छुट्टयाइँदै आएको थियो । ‘तर चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा अक्सन केन्द्रलाई समावेश…

Read More