
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
रमेश लम्साल काठमाडौँ, ८ साउन । सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका लागि गत असार ३२ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रा डा केसीको अनशन आज २५औँ दिनमा जारी छ तर डा केसी ‘अधिकार नभएको’ समितिसँग वार्ता नगर्ने भन्दै सरकारी वार्ता टोलीसँग अनौपचारिक औपचारिक संवादसमेत गर्न तयार देखिनुभएको छैन । प्रा डा केसीको नजिक रहेका केही चिकित्सक र सहयोगीको भनाइ पनि त्यस्तै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका…
काठमाडौँ, ८ साउन । कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको हो । आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उहाँले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताउनुभयो ।
भद्रपुर, ८ साउन । मेचीनगर क्षेत्रका १२ सामाजिक संस्थाले मुलुकका सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् । उनीहरुले सो मागलाई प्रमुख जिल्ला अधिकारी जनक दाहालमार्फत आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाएका छन् । मागपत्रमा पहिलो पाइलाका अध्यक्ष बिपी भट्टराई, समर्पण अभियानका अध्यक्ष प्रकाश खड्का, प्रोग्रेसिभ युथका केन्द्रीय प्रतिनिधि मणिराम खतिवडा, मानव विकास एकता समाजका अध्यक्ष साङ्गे शेर्पा, प्रगतिशील कृषक समूहका सचिव ज्ञाननाथ घिमिरे, मेचीनगर मूल कृषक समूहका सचिव कञ्चन तामाङलगायत दर्जन बढी संघसंस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । मागपत्रमा राज्यले स्वास्थ्य र शिक्षामा नियन्त्रण कायम गर्न नसक्दा समान्य जनताको पहुँचबाट टाढा भएको,…
काठमाडौँ, ८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताउनुभयो । “हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।” उहाँले भए÷नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गर्नुभयो । प्रा डा केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको छ भन्दै…
काठमाडौैँ, ८ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भन्नुभयो, “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र…
मोहम्मद सदरुल विराटनगर, ८ साउन । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो । आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिकजस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ मा जिल्लाको पूर्वी तथा दक्षिणी क्षेत्र रंगेलीबाट सदरमुकाम सरेर आएको लगभग १०० वर्ष भइसकेको र अहिले मुलुककै दोस्रो विकसित शहरका रुपमा चिनिएको छ । हाल ७७ वर्ग किलोमिटरमा फैलिएको यो महानगरपालिकामा दुई लाख ८० हजार जनसंख्यामा रहेकामा महिला एक लाख ३८ हजार ८५…
बलिउड फिल्म ‘सत्यमेव जयते’को ‘दिलबर’ बोलको गीत रिलिज भएसँगै धुम मच्चाएको छ । यो गीतले युट्युबमा एकैदिनमा लाखौँ दर्शक पायो । त्यसको मुख्य कारण हो, डान्सर हिरोइन नोरा फतेही । गीतमा नोराको डान्स, एक्सप्रेसन तथा प्रस्तुतिले निकै तारिफ पाएको छ । सन् १९९९ को ‘सिर्फ तुम’ फिल्मको गीतलाई सत्यमेवा जयतेमा रिमिक्स गरेर राखिएको छ । त्यो फिल्ममा यो गीतमा सुस्मिता सेनले डान्स गरेकी थिइन् । सत्यमेव जयतेमा त्यो गीतको रिक्रियट गरिएको छ । जसकारण पनि दर्शकले मन पराएको बताइन्छ । यो गीत आएपछि नोराका फ्यान ह्वात्तै बढेका छन् । नोरा मोडल, डान्सरका साथै अभिनेत्री पनि हुन् । उनी हाल सलमान खानको ‘भारत’ फिल्मका कारण चर्चामा छिन् । सो फिल्ममा…
दमक, ८ साउन । झापाको दमक नगरपालिका –४ स्थित होटल वन्डरल्याण्डका संचालकले पौडी खेल्न आएका सेवाग्राहीलाई कुटपिट गरेका छन् । कुटपिटबाट घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । शनिबार राति ‘स्वीमिङ’ गर्न आएका सेवाग्राही र होटल संचालकबीच पौडी खेल्ने विषयमा सामान्य विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ‘स्वीमिङ’ गर्न आएका ग्राहकले पौडी खेल्ने भनेपछि होटल व्यवस्थापनले पानी सफा गर्न क्लोरीन हालेकोले नमिल्ने बताएका थिए । सोही विषयमा विवाद हुँदा झडपको स्थिति सृजना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दमक–३ का सुमन श्रेष्ठ, दमक–८ का नवराज गिरी, दमक–४ का पुष्कर पाण्डे, दमक–९ का भेषराज…
अर्जुनधारा, ८ साउन । पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र बीच नगरस्तरीय बैठक बस्र्दे पार्टीको नीति तथा कार्यक्रम माथि छलफल भएको छ । छलफल समृद्ध अर्जुनधारा नगर बनाउनेमा केन्द्रित भएको सहभागी नेताहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य नरेश खरेलले पार्टीले आन्तरिक एकतामा जोड दिनुपर्ने बताउँदै जनताले प्राप्त गरेको उपलब्धीलाई अगाडि बढाउन पार्टीअघि बढ्नु पर्ने बताए । झापा –२ प्रतिनिधि सभा सदस्य पवित्रा खरेलले आफ्नो क्षेत्रमा केन्द्र सरकारबाट विनियोजित बजेटको बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले पूर्वाधार विकास अहिलेको समाजको मुख्य आवश्यकता भएको बताए । उनले भने– कृषि र…
सुरुंगा, ८ साउन । झापाको कनकाई नगरपालिकास्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहले ३० घरपरिवार विपन्न उपभोक्तालाई निशुल्क खाट वितरण गरेको छ । हरेक वर्ष सामुदायिक वनले गरिब परिवारको छनोट गरी खाट वितरण गर्दै आएको प्रजापति सामुदायिक वन समूहका अध्यक्ष सूर्य थापाले बताउनुभयो । सो अवसरमा स्थानीय पुकार अपांग अशक्त परोपकार संस्थालाई २ थान र स्थानीय मनसादेवि मन्दिरलाई समेत एकथान खाट वितरण गरिएको थियो । इलाका वन कार्यालय दहीझोडाका प्रमुख शिवराम शाह लगायातले विपन्न परिवारलाई खाट प्रदान गर्दै गरिब परिवारलाई यस कार्यक्रमले राहत मिलेको बताउनुभयो । करिब ६ सय वन उपभोक्ता रहेको यस सामुदायिक वनले ३ वर्षदेखि हरेक वर्ष ३० जना…