
सुरुंगा, ८ साउन । झापाको कनकाई नगरपालिकास्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहले ३० घरपरिवार विपन्न उपभोक्तालाई निशुल्क खाट वितरण गरेको छ ।
हरेक वर्ष सामुदायिक वनले गरिब परिवारको छनोट गरी खाट वितरण गर्दै आएको प्रजापति सामुदायिक वन समूहका अध्यक्ष सूर्य थापाले बताउनुभयो । सो अवसरमा स्थानीय पुकार अपांग अशक्त परोपकार संस्थालाई २ थान र स्थानीय मनसादेवि मन्दिरलाई समेत एकथान खाट वितरण गरिएको थियो ।
इलाका वन कार्यालय दहीझोडाका प्रमुख शिवराम शाह लगायातले विपन्न परिवारलाई खाट प्रदान गर्दै गरिब परिवारलाई यस कार्यक्रमले राहत मिलेको बताउनुभयो ।
करिब ६ सय वन उपभोक्ता रहेको यस सामुदायिक वनले ३ वर्षदेखि हरेक वर्ष ३० जना विपन्न उपभोक्तालाई खाट वितरण गर्दै आइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

