
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ माघ । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस मसान्तसम्मको अर्धवार्षिक अवधिमा मात्रै ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँ बराबरको ३४ लाख ६१ हजार केजी अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका अनुसार यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो। अलैँचीसँगै छुर्पी, भेनियर सिट र मुसुरो दालको वैदेशिक व्यापार पनि निकै फस्टाएको छ। विशेषगरी तेस्रो मुलुकमा कुकुर र बिरालोको खानाका रूपमा लोकप्रिय बनेको नेपाली छुर्पीको निर्यातमा ६६ प्रतिशतको वृद्धि देखिएको छ। छ महिनाको अवधिमा ७६ करोड ५ लाख रुपैयाँ बराबरको छुर्पी…
झापा, ५ माघ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका…
अर्जुनधारा, ४ माघ । झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगर अस्पतालको अनुगमन गर्नुभएको छ । नगर प्रमुख गोम्देनले आज शनिश्चरे नगर अस्पतालको अनुगमन गर्नुभएको हो । नगर प्रमुख गोम्देनले नगर अस्पतालले दिँदै गरेको स्वास्थ्य सेवा र बिरामीहरुसँग भेटघाट गर्नुभएको छ । सोही क्रममा उहाँले नगर अस्पतालका डाक्टर तथा कर्मचारीसँग शनिश्चरे नगर अस्पतालका स्वास्थ्य सेवाका विषयमा जानकारी लिनुभएको थियो । उहाँले नगर अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्था र सेवाका विषयमा समेत जानकारी लिनुभयो । नगर प्रमुख गोम्देनले नगर अस्पतालको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन अनुगमनका क्रममा सुझावसमेत दिनुभएको छ ।
झापा, ४ माघ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल रु पाँच हजार ६२५ निर्धारण भएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ७६ हजार ५०० र शुक्रबार रु दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो भने बिहीबार एक तोला चाँदी पाँच हजार ४८५ र शुक्रबार पाँच हजार ६४५मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको…
झापा, ४ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उहाँले आजैदेखि लागू हुने गरी राजीनामा पेस गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ । स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्याग पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको बताउनुभएको छ ।
झापा, ४ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । झापा जिल्लाका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेल रहेका छन् । जिल्लाका अरु चार वटा निर्वाचन क्षेत्रमा समेत निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना भइसकेको छ । क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ । उक्त क्षेत्रमा गोपी विश्वकर्मा निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठ सहायक…
बिर्तामोड, ४ माघ । वीरता जेसीजको अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी) सर्वसम्मत रुपमा चयन भएका छन् । वीरता जेसीजको ४५औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०२६ का लागि श्रेष्ठ निर्विरोध चयन भएका हुन् । समितिकोे कार्यकारिणी उपाध्यक्षमा पुकार बराल र प्रज्वल बिमली, कानुनी सल्लाहकारमा प्रभात मास्के (मनोनित), महासचिवमा सुवास त्रिखत्री (मनोनित),कोषाध्यक्षमा अमरजित शाह (मनोनित), उपाध्यक्षमा क्रमश विवेक खड्का, नवराज अधिकारी, विश्वजित हलवाई र विजय चौधरी चयन भएका छन् । त्यस्तै, संयुक्त सचिवमा पुष्प भण्डारी, सह–कोषाध्यक्षमा अभिषेक गहतराज (मनोनित), जनसम्पर्क अधिकारीमा अजय चौधरी, तालिम आयुक्तमा विज्ञानराज पौडेल, प्रकरण निर्देशकमा अजय अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । वीरता जेसीजका सन्…
झापा, ४ माघ । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको…
झापा, ४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ…
झापा, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेकका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । “केही निर्वाचन क्षेत्रबाहेक सबै निर्वाचन क्षेत्रको उम्मेदवारको टुङ्गो लागेको छ”, उहाँले भन्नुभयो, “टुङ्गो लाग्न बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।” उहाँका अनुसार पार्टी अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट र सभामुख देवराज घिमिरलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ । यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल…