
अर्जुनधारा, ४ माघ । झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगर अस्पतालको अनुगमन गर्नुभएको छ । नगर प्रमुख गोम्देनले आज शनिश्चरे नगर अस्पतालको अनुगमन गर्नुभएको हो ।
नगर प्रमुख गोम्देनले नगर अस्पतालले दिँदै गरेको स्वास्थ्य सेवा र बिरामीहरुसँग भेटघाट गर्नुभएको छ । सोही क्रममा उहाँले नगर अस्पतालका डाक्टर तथा कर्मचारीसँग शनिश्चरे नगर अस्पतालका स्वास्थ्य सेवाका विषयमा जानकारी लिनुभएको थियो ।
उहाँले नगर अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्था र सेवाका विषयमा समेत जानकारी लिनुभयो । नगर प्रमुख गोम्देनले नगर अस्पतालको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन अनुगमनका क्रममा सुझावसमेत दिनुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


