
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ९ असोज । भद्रपुर १० नम्वर वडा कार्यलयले वडाभित्र रहेका टोल विकास संस्था मध्ये उत्कृष्ट छनौट गरी सम्मानित समेत गरेको छ । वडा भित्र सञ्चालनमा रहेका टोल विकास संस्थाहरू मध्ये हनुमान टोल विकास संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा उत्कृष्ट योगदान गरेको ठहर गरी वडा कार्यलयले सम्मान गरेको हो । उत्कष्ट टोल विकास समितिका अध्यक्ष खड्गबहादुर बुढाथेकीलाई सम्मानित गरिएको थियो । भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, सम्मानित संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन वडा सचिव…
अर्जुनधारा, ९ असोज । झापाको अर्जुनधारामा आजदेखि सुरु दोस्रो नव युवा गोल्डकपको उद्घाटन खेलमा आयोजकले गोल वर्षा गर्दै विजयी सुरुवात गरेको छ । स्पर्धी अमरदह स्पोर्टिङ क्लबलाई ५–० गोलले पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङले अन्तिम चारमा पनि स्थान सुरक्षित गरेको छ । अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजनामा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा आयोजकका लागि कप्तान पुष्प मादेनले खेलको २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने ३३औं मिनेटमा विशाल खवासले गोल गरेर अग्रता दोब्बर बनाए । खेलको सुरुवातदेखि नै दबाबमा राखेको आयोजकले ३०औँ पुजन राई गोल गर्दै ३–० को अन्तर निकाले । यस्तै ३७औं मिनेटमा…
विराटनगर, ९ असोज । प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई आज मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतम्छामा वि.सं.२०३५ बैशाख १ गते जन्मनुभएका नवनियुक्त मुख्यन्यायाधिवक्ता राई हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारा काठमाडौंमा स्थायी बसोबास रहेको छ । यसअघिका मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि…
झापा, ९ असोज । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले बताएको छ। आयोगले तयार गरेको सूत्रबमोजिम प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुनेछ। सूत्रबमोजिम ४१ लाख हुन आए पनि अधिकतम खर्च ३३ लाख कायम गर्नेगरी सीमा तय गर्ने तयारी गरिएको छ। तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनतम सीमा राख्नेगरी खर्च निर्धारण गर्ने…
भद्रपुर, ८ असोज । झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक जना घाइते भएका छन् । मेचीराजमार्ग अन्तरगत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार राति ११ः२५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र.१–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँँदै गरेको प्र.१–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्र.१–०१–०१४ प ३३५० नम्बरको मोरसाइकल चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र प्र.१–०१–०१४ प २६७८ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको उपचारका…
इरान, ८ असोज (एजेन्सी) । इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकार विरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । महिलाहरुले लगातार ८ औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
झापा, ८ असोज । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ुथप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छु, राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने। बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। कुल सङ्क्रमितमध्येमा ५० प्रतिशत सङ्क्रमित काठमाडौँ उपत्यकामा रहेको र बाँकी सातवटा जिल्लामा उल्लेखनीय सङ्ख्यामा सङ्क्रमित बढिरहेको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। आजको नागरिक दैनिकमा…
विराटनगर, ७ असोज । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । आज दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको हो । निर्देशनकै क्रममा वहाँले बस पार्कहरुमा यात्रुहरुको बढी चाप हुने हुँदा समयमै यात्रु सहायता कक्षको स्थापना गर्ने, लामो दुरीको सवारी साधनहरुमा २ जना सवारी चालक राख्न लगाई कडाईका साथ कार्यान्वयन…
भद्रपुर, ७ असोज । नेपाली कांग्रेसका भातृ संस्थाको सम्युक्त आयोजनामा झापा क्षेत्र नम्वर १ अन्तरगत मेचीनगर र भद्रपुरको ५ वटा वडाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । भद्रपुर–९ स्थित मुना सामुदायिक भवनमा नेपाल महिला संघ, तरूण दल र नेपाल विद्यार्थी संघको संयुक्त आयोजना तथा कांग्रेस भद्रपुर–९ को आतिथ्यमा मेचीनगरका–१२, १३, १४ र भद्रपुर ९ र १० का तरूण, महिला र विद्यार्थी समेतको सहभागितामा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराईको प्रमुख आतिथ्यता तथा तरूण दलको क्षेत्रीय सभापति अर्जुन राईको अध्यक्षतामा भएको कार्यक्रममा राजाबाबु शाहले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि अर्जुन राईले…
बिर्तामोड, ७ असोज । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको दुवागढी सेवा केन्द्रको प्रतिनिधि छनोट भएको छ । संस्थाको १०औं साधारण सभाका लागि आज धाइनजस्थित रामजानकी मन्दिरको सभाहलमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममार्फत् प्रतिनिधि छनोट भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले सहकारी मोडलबाट शिक्षा क्षेत्रमा सहकारीले कदम चालेकोमा खुसी ब्यक्त गर्नुभयो । हरेक मानिसले बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले बचतकै माध्यमबाट आगामी भविष्य सहज बनाउन सकिने बताउनुभयो । बचत र आय आर्जन हुने खालका गतिविधिमा सबै नागरिक लाग्न सके मात्र आत्मनिर्भर हुने उहाँको भनाइ थियो । कार्यक्रममा संस्थाका सल्लहकार सदस्य ओमप्रकाश खरेलले सहकारीले…