
झापा, ८ असोज । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ुथप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छु, राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने।
बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। कुल सङ्क्रमितमध्येमा ५० प्रतिशत सङ्क्रमित काठमाडौँ उपत्यकामा रहेको र बाँकी सातवटा जिल्लामा उल्लेखनीय सङ्ख्यामा सङ्क्रमित बढिरहेको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



