
झापा, १२ वैशाख । दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव इमिरेट्स (युएई) लाई २ सय १ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनायो । नेपालका लागि दीपेन्द्रले ७५ रन बनाए । उनले ९० बलमा पाँच चौका र दुई छक्का हाने ।
यस्तै ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५,१५ तथा भिम सार्कीले १० रन बनाए । आशिफ शेख सात रनमा आउट हुँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछाने दुई दुई रन जोड्र्दै पेभेलियन फर्किए।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले तीन तीन विकेट लिए । खुजैमा तनवीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक एक विकेट लिए ।
नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र युएई तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्नेछ ।
नेपाल, ओमान र युएईसम्मिलित सिरिज यसअघि अमेरिका र इरान यद्धका कारण खाडीमा देखिएइको सङ्कटाका कारण रोकिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



