
मोरङ, १२ वैशाख । मोरङको कटहरी गाउँपालिका–६ जुडिटोलमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३० वर्षीय श्यामकुमार सरदार छन् ।
प्रहरीका अनुसार शुक्रबार राति करिब ९ः३० बजे सरदार आफ्नै घर अगाडि रहेको प्रथमलाल सरदारको पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए । पोखरीमा डुबेको अवस्थामा आफन्तले फेला पारी उनलाई तत्काल उद्धार गरेर घर ल्याएका थिए ।
उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा सरदारको घरमै मृत्यु भइसकेको जानकारी राति १०ः३० बजे प्रहरीलाई प्राप्त भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थलाहाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) टिकाराम परियारको नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



