
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अमेरिका, १९ भदौ । अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए । ‘विमान अवतरण भएको छ । स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन् । चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे । बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’…
झापा, १९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् । कार्की यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उनले नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए । यसपटक भने माओवादी र कांग्रेस एउटै गठबन्धनमा रहेका छन् । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यसपटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त्री शर्मालाई राहत मिलेको छ ।
झापा, १९ भदौ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही…
झापा, १९ भदौ । सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।” प्रदेश सभाको हकमा पनि सोहीअनुसार कार्यकाल…
झापा, १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायतका सबै मन्त्रीहरुले सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ । २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासन कालमा प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालिएको थियो ।…
झापा, १८ भदौ । भारतले विमानवाहक युद्धपोत उद्घाटन गरेको छ। चीनले युद्धपोतहरुको संख्या तीव्र गतिमा बनाइरहँदा भारतले पनि आफैँ पानीजहाज बनाउने क्षमता विस्तार गरिरहेको छ। यो भारतले पहिलो पटक आफैँले बनाएको युद्धपोत हो । भारतले सो जहाजलाई आईएनएस विक्रान्त नाम दिएको छ। यो भारतको दोस्रो ठूलो विमानवाहक युद्धपोत हुनेछ। यसअघि भारतीय नौसेनाले सोभियतकालीन आईएनएस विक्रमादित्य सञ्चालन गरिरहेको छ। सो जहाज २००४ मा भारतले रुसबाट किनेको थियो। यो भारतमा बनेकामध्ये सबैभन्दा ठूलो युद्धपोत हो। यसले करिब १६ सय मानिस बोक्न सक्छ भने ३० विमानको समूह सञ्चालन गर्न सक्छ। ४७ हजार ४ सय टन तौल भएको युद्धपोत २०२३ को अन्त्यसम्ममा पूर्ण रुपमा…
केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्छ । ओप्पोको चार्जिङ टेक्नोलोजीलाई मान्ने हो भने भविष्यमा हाम्रो स्मार्टफोन एक सेकेन्डमा नै चार्ज हुन सक्छ । जिरोबाट शत प्रतिशत चार्ज हुन एक सेकेन्डको मात्रै समय लाग्नेछ । एडवार्ड टियानले यो जानकारी एक अन्तरवार्तामा दिएका हुन् । अन्तरवार्ताका क्रममा उनले भने, ‘हामी यस्तो अवस्थामा छौँ जहाँ तपाईंको स्मार्टफोन १५ मिनेटमा चार्ज हुनसक्छ । यदि तपाईंसँग १५० वाटको चार्जर छ भने तपाईं निकै सजिलै आफ्नो फोन १५ मिनेटमा चार्ज गर्न सक्नुहुन्छ ।’ ओपोको सहयोगी कम्पनी रियलमीको फोन जीटी नियो थ्रीलाई तपाईं ५ मिनेटमा ५० प्रतिशतसम्म…
झापा, १८ भदौ । भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका चक्रबहादुर वलीको मृत्यु भएको र एक मृतकको सनाखत हुनसकेको छैन । उक्त दुर्घटनामा परेका बाँके बैजापुरका ५० वर्षीय रावत, ४०…
चितवन, १८ भदौ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनले जिल्लाका ३९ जना खेलाडीहरुको ‘अप–डन ग्रेडिङ’ गरेको छ । राष्ट्रिय खेलकुल परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल कराँते महासंघ र नेपाल सितेरियो कराँते संघको सहकार्यमा खेलाडीहरुको ग्रेडिङ गरिएको हो । आज (शनिबार) भरतपुरमा सम्पन्न दीक्षान्त समारोहमा ३९ जना खेलाडीको ग्रेडिङ तथा पाँच जना पुराना खेलाडीलाई मानार्थ ब्ल्याक बेल्ड (फस्ट डन)को उपाधि प्रदान गरिएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठकाअनुसार ग्रीन बेल्डबाट स्तरवृद्धि गरेका १६ जनालाई ब्ल्याक बेल्ड फस्ट डन, फस्ट डनबाट स्तरवृद्धि गरेका १४ जनालाई ब्ल्याक बेल्ड सेकेण्ड डन तथा सेकेण्ड डनबाट स्तरवृद्धि गरेका…
बिर्तामोड, १८ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अग्रज पत्रकार लक्ष्मण ढकाल र उहाँकी पत्नी दुर्गा ढकालले १५ हजार पाँच सय पाँच रुपैयाँ प्रदान गरेका छन् । पत्रकार ढकालको जन्मोत्सवको अवसरमा शनिबार उनीहरुले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, सहसचिव अर्जुन राजवंशीलाई उक्त रकम प्रदान गरेका हुन् । पत्रकार ढकाल पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक हुन् । पत्रकार महासंघका सदस्य समेत रहेका ढकाल साढे चार दशकदेखि पत्रकारितामा क्रियाशील छन् । पत्रकारितामा क्रियाशील साथीहरुको सामाजिक सुरक्षामा योगदान गर्न आफूले कोषमा सहयोग गरेको ढकालले बताए । आफूले झैं अन्य साथीहरुलाई पनि कोषमा योगदान गर्न…