
केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्छ । ओप्पोको चार्जिङ टेक्नोलोजीलाई मान्ने हो भने भविष्यमा हाम्रो स्मार्टफोन एक सेकेन्डमा नै चार्ज हुन सक्छ । जिरोबाट शत प्रतिशत चार्ज हुन एक सेकेन्डको मात्रै समय लाग्नेछ । एडवार्ड टियानले यो जानकारी एक अन्तरवार्तामा दिएका हुन् ।
अन्तरवार्ताका क्रममा उनले भने, ‘हामी यस्तो अवस्थामा छौँ जहाँ तपाईंको स्मार्टफोन १५ मिनेटमा चार्ज हुनसक्छ । यदि तपाईंसँग १५० वाटको चार्जर छ भने तपाईं निकै सजिलै आफ्नो फोन १५ मिनेटमा चार्ज गर्न सक्नुहुन्छ ।’
ओपोको सहयोगी कम्पनी रियलमीको फोन जीटी नियो थ्रीलाई तपाईं ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्नुहुन्छ । केही वर्ष अघिसम्म यस्तो खालको अंक हाम्रो पहुँच बाहिरको देखिन्थे । अब हामी जहाँ छौँ त्यहाँबाट हेर्दा यस्तो लाग्छ कि चार्जिङ टेक्नोलोजीका लागि कुनै सीमा छैन ।
एडवार्ड टियानले भने, ‘फास्ट चार्जिङको टेक्निकल इन्जिनियरको रुपमा मेरो काम समयसीमा तोड्नु हो । हामी त्यो दिनसम्म अनुसन्धान गरिरहनेछौँ जबसम्म हामी फोनलाई एक सेकेन्डमा फूल चार्ज हुने बनाउँदैनौँ ।’
यो अहिले नै सम्भव हुने छैन । ओपोले तुरुन्त यस्तो गर्ने छैन । कम्पनीले यसलाई एक सम्भावनाको रुपमा हेर्छ । यसका लागि कम्पनीले लामो यात्रा निश्चित गर्नुपर्नेछ । एडवार्ड टियानले यहाँसम्म पुग्न सहज नभएको बताउँछन् ।
उनका अनुसार फास्ट चार्जिङको चार्जिङ स्पिड बढाउनु चुनौती होइन, प्रयोगकर्तालाई उत्कृष्ट चार्जिङ अनुभव प्रदान गर्नु चुनौती हुन्छ । यसमा सुरक्षा, चार्जिङ टेम्परेचर, ब्याट्री सेलको डेन्सिटी, ब्याट्रीको लाइफ स्प्यामजस्ता विभिन्न चिजको ख्याल राख्नुपर्नेछ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


