झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ भदौ । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरू चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने…

Read More

झापा, १७ भदौ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन’, मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने । संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु हुने तथा यसले कुनकुन क्षेत्रलाई असर गर्छ भन्ने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको पनि मन्त्री यादवले नागरिकलाई बताए। ‘म एक सातादेखि यो विषयमा छलफलमा छु। जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी पग्लनेदेखि अन्य विपद्हरू बढ्दो क्रममा छन् । हामी तत्काल सचेत भएनौं भने यसले झन्…

Read More

झापा, १७ भदौ । सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए। जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमशः वृद्धि हुँदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, “कोभिङ९१९ पछिको पर्यटक आगमन दरमा…

Read More

झापा, १७ भदौ । तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्नरपरिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो । पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘राइड सेयरिङ’ एप कम्पनीलाई पत्र लेख्दै ‘स्ट्यान्ड’ हटाउन निर्देशनसमेत दिएको छ । मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफिकेसन’ भएको ठहरसमेत उसले गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड र मोबाइल…

Read More

बिर्तामोड,१६ भदौ । नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजमा संस्थापक अध्यक्षको बारेमा उल्लेख गरेको गलत विवरण सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)झापाले ज्ञापनपत्र बुझाएको छ । फोनिजको केन्द्रीय कार्यक्रम अन्तरगत झापा शाखाले बिहीबार फोनिज झापाका अध्यक्ष भूमिका सुब्बा फियाकको नेतृत्वले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी मार्फत महासंघको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्यलाई स्थापित गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् भन्ने तथ्य विभिन्न दस्तावेजहरुले पुष्टि गरेको भएपनि नेपाल पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेकोप्रति फोनिजको विमति रहेको ज्ञापनपत्रमा…

Read More

झापा, १६ भदौ । मे १३ को साँझ भारतले अचानक गहुँ निर्यातमा प्रतिबन्ध लगायो। गहुँका क्रेता र बिक्रेता कोही पनि यसका लागि तयार थिएनन्। तर, अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज भने अपवाद थियो। गहुँ निर्यातमा प्रतिबन्ध लागेपछि अन्नको व्यापारमा प्रवेश गरेको सो कम्पनी यति छिटै भारतको दोस्रो ठूलो गहुँ निर्यातकर्ता बनिसकेको छ। गहुँ प्रतिबन्ध लगाएको दिन भारतको वित्त मन्त्रालयले सो मितिअघि बैंक ग्यारेन्टी ९एलसी० भएका निर्यातकर्ताले मात्र गहुँ निर्यात गर्न पाउने सर्त राख्यो। यो असामान्य सर्तका कारण भारतका धेरै गहुँ व्यापारीहरुले निर्यात गर्न नपाउने भए। किनभने प्रायः तिनले एलसी प्रयोग गर्दैनथे। सामान्य व्यापारका लागि एलसी प्रयोग गर्ने सीमित कम्पनीमा भारतको…

Read More

झापा, १६ भदौ । वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको विभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ । आजभन्दा १८ वर्षअघि अर्थात् १६ भदौ २०६१ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीलाई विभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली ४ भदौमा आतंककारीको अपहरणमा परे । बन्धक बनाएपछि एकजनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो । वैदेशिक रोजगारीका लागि पुगेका नेपाली कामदारहरूले विदेशी भूमिका अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आजपर्यन्त छ । सुरुका वर्षमा जस्तो यस वर्ष घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली सभा कार्यक्रम…

Read More

झापा, १६ भदौ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगम स्रोतका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ र हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ । यस्तै, यस पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेको छ ।

Read More

काठमाडौं, १६ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तथा समानुपातिक निर्वाचनमा झण्डै तीन लाख जनशक्तिले सुरक्षा प्रदान गर्ने भएका छन् । निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । नेपाली सेनाले विगतकै हाराहारीमा ७१ हजार जनशक्ति खटाउने आन्तरिक रणनीति तयार पारेको छ । सशस्त्र प्रहरीले भने ३५ हजार जनशक्ति परिचालन गर्ने जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागका दुई हजार बढी परिचालन हुनेछन् । सबै गरेर दुई लाख ९४ हजार सात सय बढीले निर्वाचनको पहरा दिने योजना बनाइएको छ । यद्यपि…

Read More

झापा, १६ भदौ । जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ । कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका छन् । साप्ताहिक रुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको सङ्क्रमण…

Read More