
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौरादह, १८ मंसिर । गौरादह नगरपालिका वडा नम्बर ७ शान्ति चोक निवासी देबि बुढाथोकी सम्पर्कविहिन भएकी छिन् । प्रगती आ.बि कक्षा ९ मा अध्यानरत १४ वर्षीया देबि हिजो १७ गते बिहान करिब ९ बजे घरबाट बिध्यालय जान्छु भनी हिडेको र सम्पर्कविहिन भई हराईरहेको परिवारले जनाएको छ। तस्बिरमा देखिएकी बालिकाहरूलाई कसैले कतै देख्नुभएमा वा फेला पार्नुभएमा नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं। देबि बुढाथोकीस्मारिका कार्की (जुरोपानी) ८ सम्पर्क नं.: 981708186998149703029814945022
बिर्तामोड, १८ मंसीर । झापाको बिर्तामोडमा नेपाल सितोरियो कराते डो संघको आयोजनामा आजदेखि तीन दिने ग्रेडिङ दीक्षान्त कार्यक्रम सुरु भएको छ। सङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्तामोडको महेन्द्र रत्न माविको प्राङ्गणमा आजदेखि ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड डानको ग्रेडिङ दीक्षान्त सुरु भएको हो । ग्रेडिङ दीक्षान्तको उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्य एवं नेपाल सिरतोरियो कराते डो सङ्घका केन्द्रीय सदस्य दुर्वासा कार्की (जगन)को अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले खेलकुदले मानिसलाई स्वास्थ्य एवं अनुशासित बनाउनुका साथै कुलतबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले अनुशासित भएर ग्रेडिङमा सहभागी हुन खेलाडीहरूलाई आग्रह…
उपत्यका सहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । केटाकेटी र बुढाबुढीले मात्रै होइन दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ । चिसो सुरू भएसंगै राजधानीका अस्पतालहरूमा मुटुजन्य समस्या लिएर आउनेको संख्या बढदै गएको छ । हार्टएट्याक , हार्टफेल, व्लडप्रेसर तथा स्ट्रोकका विरामीहरूको संख्यामा निकै बृद्धि भएको अस्पतालको तथ्याङ्कले प्रष्ट पार्छ । कसरी गर्छ असर ? मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीबरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, चिसोले सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भाग छालालाई असर गर्छ । त्यसपछि छालाबाट भित्र घुस्ने चिसोले छालासंगै टासिएको…
काठमाडौँ, १८ मंसिर । काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ। लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन ९लोकल बस० जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेषगरी ‘पिक आवर’मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने, ‘राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दुरीका…
नवीन गिरी ताप्लेजुङ, १८ मंसिर । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा…
दिनानाथ यादवसप्तरी, १८ मंसिर । जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको कञ्चनरूप नगरपालिकामा एक जनाको मृत्यु भएको छ। पालिकाको वडा नम्बर ५ पिपरामा स्थानीय ६५ वर्षीय नारायण खंगको बिहीबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो। खंगको आफ्नो घर भन्दा २ कि।मि। पश्चिममा रहेको आफ्नै खेतमा काटिएको धान रुङ्न गएका खंगलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट शरीरको विभिन्न भागमा चोटपटक लागी उहाँको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। राति कति बेला जङ्गली हात्तीले उहाँलाई आक्रमण गरेको हो यकिन नभएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो। मृतक खंगको शव परीक्षणका लागि राजविराज पठाइएको तथा घटना सम्बन्धमा…
झापा, १८ मंसिर । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
झापा, १८ मंसिर । चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकडभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँ भन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भएको छ । ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–८२ को यही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् दुई दशमलव १ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२…
झापा, १८ मंसीर । झापाको बिर्तामोड नगरपालिका–९ धौलापुलमा राजश्व छलि गरिएको सामानसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर १७ गते दिउँसो २ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब निरीक्षक प्रविण श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले बिर्तामोडबाट भद्रपुरतर्फ जाँदै गरेका तीन वटा सवारी साधन (मे.१च ६८९२, प्र१–०१–००१च ७५२४, मे.१च ४०४५) चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा राजश्व छलि गरिएका सामान बरामद गरेको हो । नियन्त्रणमा परेका चालकहरू दिलिप खड्का, ४३ वर्ष, अर्जुनधारा नपा–११, ७५२४ नम्बरको गाडी चालक राजाराम खड्का, ५४ वर्ष, ऐऐ–५ बस्ने, ४०४५ नम्बरको गाडी चालक उदेन राई, ४७ वर्ष, भद्रपुर नपा–१ बस्ने, ६८९२ नम्बरको गाडी चालक बरामद…
झापा, १७ मंसीर । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थित ताज होटल अगाडिबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंसिर १७ गते साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दाङ राप्ती गाउँपालिका–७ का २९ वर्षीय बेगमबहादुर खत्री र भोजपुर नगरपालिका–२ घर भई हाल मोरङ रंगेली नगरपालिका–३ मा बस्दै आएका २१ वर्षीय डम्बरबहादुर रोक्कालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। तलासीका क्रममा डम्बर बहादुर रोक्काको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थ प्लास्टिकसहित ४ ग्राम ५८० मिलिग्राम र प्लास्टिक बाहेक ३ ग्राम ४०० मिलिग्राम रहेको पुष्टि भएको छ । साथै, उनको साथबाट आइफोन…