झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १८ मंसीर । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको रकमसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल चालक विराटनगर–१८ का रवि शाहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको थियो । उनमाथि इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १८ मंसीर । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य…

Read More

झापा, १८ मंसीर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउनुहुन्छ । किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई…

Read More

हल्दीवारी, १७ मंसीर । झापाको हल्दीबारीमा स्वर्गीय जगत बहादुर तथा नरमाया बन स्मृती प्रतिष्ठानद्वारा आयोजित वडास्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, कार्यक्रमका बिशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, हल्दीवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले उद्घाटन संयुक्त रूपमा गर्नुभएको थियो। हल्दीवारी माध्यमिक बिद्यालयको खेल मैदानमा आजदेखि सुरु भएको प्रतियोगिता मङ्सिर १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतिष्ठानका संरक्षक डम्बर बनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत हल्दीवारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले गर्नुभएको थियो । प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्नु हुँदै प्रतिष्ठानका संस्थापक तथा हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) फुटबल खेलको…

Read More

शरीर नतात्न र जाडो महसुस हुनुमा आइरन, भिटामिन बी१२ र थाइराइड हर्मोनको कमी मुख्य कारण हुनसक्छ।अहिले जाडोको समय छ । एउटै तापक्रममा रहँदा र उस्तै खालका कपडा लगाएको अवस्थामा पनि कसैलाई बढी र कसैलाई कम जाडो महसुस भइरहेको हुनसक्छ । जाडोको समयमा कसै–कसैको शरीर तथा हातखुट्टा हत्तपत्त नतात्ने, चिसो भइरहने समस्या हुन्छ । यसो हुनुमा विभिन्न कारण हुनसक्छन् । त्यसमा एउटा कारणमा शरीरमा कुनै पोषक तत्व तथा हर्मोनको कमीले पनि हुनसक्छ । दैनिकी तथा खानपानमा ध्यान दिएर त्यो समस्यालाई निराकरण गर्न सकिन्छ ।आइरनशरीर नतात्नु, जाडो महसुस भइरहनुको एउटा कारणमा आइरनको कमी हुनसक्छ । शरीरमा आइरनको कमी भएमा जाडोको अनुभव धेरै…

Read More

दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै डीपफेक भिडियो र अनधिकृत सामग्री हटाउन आदेश दिएको छ। अदालतले देवगनलाई युट्युबलाई एआई–मोडेल तालिमका लागि सामग्री प्रयोग नगर्न निर्देशन दिन पनि आदेश दिएको छ। देवगनले आफ्नो नाम र व्यक्तित्वको दुरुपयोग गरेको आरोप लगाउँदै उच्च अदालतमा सुरक्षा माग गरेका थिए। दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो ।देवगनले युट्युबलाई “कुनै पनि एआई(मोडेललाई…

Read More

झापा, १७ मंसिर । यही मङ्सिर २६ गतेदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले आज प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया रहेका छन् । नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा मङ्सिर २७ गते श्रीलङ्कासँग, मङ्सिर २९ गते बङ्गलादेशसँग र पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणमा आफ्ना सबै खेल द सेभेन्स स्टेडियममा खेल्नेछ…

Read More

काठमाडौँ, १७ मंसिर । राष्ट्रियसभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन् । बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानुनी प्रावधान जरुरी रहेको गौतमको भनाइ छ । नेपाली युवाहरू विश्वभर छरिएका र उनीहरुले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरूलाई स्वदेशमै रोजगारी दिन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए । उनले भने, ‘हाम्रो करिब…

Read More

झापा, १७ मंसिर । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ आज तोलामा एक सय १० रुपैयाँले बढेको छ । चाँदी आज एक सय १० रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तीन हजार पाँच सय ४५ रुपैयाँ थियो ।

Read More

भद्रपुर, १७ मङ्सिर । आर्थिक वर्ष २०८२ –८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए । गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए । काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर…

Read More