
झापा, १७ मंसिर । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ आज तोलामा एक सय १० रुपैयाँले बढेको छ । चाँदी आज एक सय १० रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तीन हजार पाँच सय ४५ रुपैयाँ थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



