
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ भदौ । चालू आर्थिक वर्षको बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर संशोधन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सेनेटरी प्याड, जीआई वायर र खानेतेलको भन्सार दर संशोधन गरेको हो । चालू आवको बजेटमार्फत करका दरमा गरिएको हेरफेरको विरोधमा पूर्वका उद्योगी व्यवसायी सडकमै उत्रेका थिए । मन्त्रिपरिषद्ले जीआई वायर उद्योगको कच्चा पदार्थ एमएस वायरको आयातमा बजेटमार्फत बढाइएको भन्सार महसुल खारेज गरेर साबिककै दर कायम गरेको स्रोतले जानकारी दिएको छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
झापा, २३ भदौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ । आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ । यद्यपि, आचारसंहिता लागू हुन भने बाँकी रहेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन त्यति धेरै कर्मचारीको सरुवा गरेको हो । सरुवा भएका सबै…
झापा, २३ भदौ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी स्रोतले जनाएको छ। उता होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा कोठा दिएकाले नाम दर्ता छुटेको हुन सक्ने प्रहरीलाई बयान दिएको छ। यसबाहेक हालसम्मको प्रहरी अनुसन्धानमा सन्दीपले ती किशोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्याएको र त्यहाँ आफू सधैँजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको…
झापा, २२ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि रणनीतिक योजना अघि बढाएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा थानेश्वर भुसालले समस्या समाधानका लागि ५ वटा रणनीति अवलम्बन गरिएको बताए । सरकारले वैदेशिक रोजगारमा देखिएका समस्या समाधानको लागि पहिलो रणनीतिका रूपमा सम्झौता अपग्रेडको रणनीति अगाडि बढाएको छ । सहायक प्रवक्ता डा भुसालले पहिला नै भइसकेका श्रम सम्झौता तथा श्रम समझदारीलाई समय सापेक्षअनुसार अपडेट गर्दै जाने रणनीति बनाएको बताए । नेपालले हालसम्म १११ देशसँग संस्थागत रूपमा वैदेशिक रोजगारका लागि खुल्ला गरेको छ । ती मध्ये हाल अफगानिस्तान, इराक र लिबियामा प्रतिबन्ध लगाइएको छ ।…
भद्रपुर, २२ भदौ । झापाको मेचीनगरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा संलग्न तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज मेचीनगरबाट एक वटा र अर्जुनधाराबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–७ पालिया खोलाबाट प्रदेश १–०१–००२ त १०८ नं. को ट्याक्टर, अर्जुनधारा–७ फुलमति खोलाबाट मे १ त ५८७९ र मे १ त ७२१४ नं.को ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
भद्रपुर, २२ भदौ । झापाको भद्रपुर नगरपालिकाबाट चोरीको सुनसहित प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । भद्रपुर–१० का २२ वर्षीय रितिककुमार शर्मा र भद्रपुर–७ का रोशन राजवंशीलाई चोरीको सुन र सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर–७ विशम टोलका राजेन्द्र गिरीले गत भदौ १ गते आफ्नो घरबाट सुनका गरगहना, मोबाइल तथा नगदसमेत गरी करिब रू १० लाख बराबरको चोरी भएको भनी प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा प्रहरीले चोरीको सामानसहित उनीहरुसँग पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट रेडमी कम्पनीको मोबाइल एक थान, टुक्रा पारेको अवस्था रहेको सुनको चुराको टुक्रा दुई…
झापा, २२ भदौ । राष्ट्र बैंकले भदौ अन्तिमदेखि बजारमा १० अर्ब रुपैयाँ पठाउँदै छ। साना दरका १० अर्ब नोट दसैँ तिहारलाई लक्ष्य गरी बजारमा पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ। दसैँ तिहारमा सर्वसाधारणले नयाँ नोट चाहन्छन्। त्यही कारण बजारमा उक्त परिमाणको रकम पठाउन लागिएको हो। त्यसमा ५, १०, २०, ५०, १०० को नोट हुने राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले दसैँमा १८ हजार ५ सय प्रतिव्यक्तिको दरले नयाँ नोटको सटही पाउनेछन्। राष्ट्र बैंकले एक हजार दरको नोट छपाइको प्रक्रिया समेत अघि बढाएको छ। राष्ट्र बैंकले एक हजार दरको ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको ४३ करोड नोट छाप्न लागेको हो ।
झापा, २२ भदौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेंगुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बुधबार सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेंगुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेंगु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गरे । सांसद तेजुलाल चौधरीले शिक्षालाई सरकारले ध्यान दिन नसक्दा १२ कक्षामा ४१ प्रतिशत मात्र नतिजा आएको उल्लेख गर्दै सबैको तलब बढ्दा विद्यालयका कर्मचारीको तलब पनि बढ्नुपर्ने माग गरे । सांसद नरमाया…
बिर्तामोड, २२ भदौ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गर्नुका साथै पुरस्कारको विधा थप गरेको छ भने यसअघि वितरण गरिंदै आएका पुरस्कारको राशी समेत बृद्धि गरेको छ । संस्थाले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बर्षोत्कृष्ठ कृति छनौटका लागि संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा अध्यक्ष गोपीकृष्ण प्रसाई र सचिव राजेन्द्र प्रसाई सदस्य रहेको समिति गठन गरेको बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारका लागि लोकराज ढकालको संयोजकत्वमा रेजिना गौतम सदस्य रहेको समिति…
भद्रपुर, २२ भदौ । झापाको दमकबाट प्रहरीले सखुवा र सिसौ जातको काठसहित पाँच जनालाई पक्राउ गरेको छ । आज बिहान दमक–२ स्थित आम्दा रोडबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम चुलाचुली–५ का १९ वर्षीय नविन लिम्बू, २० वर्षीय सुजन श्रेष्ठ, ३० वर्षीय धनपति न्यौपाने, इलाम फाकफोकथुम–३ का २० वर्षीय रमेश लिम्बू र पाँचथर तुममेवा–१ का २२ वर्षीय विवेक लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साइकलमा अवैध रुपमा सिसौको जातको गोलिया ५ थान (२६.८५ क्यु.वि.), सखुवा जातको चिरान काठ १४ थान (११.९५ क्यु.वि.) गरी जम्मा ३८.८० क्यु.वि. काठ र…