झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दुर्गापुर, ५ असोज । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले कनकाई नगरपालिकास्थित दुर्गापुर सेवा केन्द्र अन्तरगत प्रतिनिधि छनोट गरेको छ । मंगलबार कनकाई–१ स्थित दलित सामुदायिक भवनमा आयोजित प्रतिनिधि छनोट कार्यक्रमको प्रमुख आतिथ्य कनकाई नगरपालिका–१ की वडा सदस्य निर्मला खड्काको रहेको थियो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु हुँदै संस्थाले कनकाई नगर क्षेत्रका शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखेर चाँडै आफ्नै भवन समेत कनकाई क्षेत्रमा स्थापना गर्न लागेको जानकारी दिनुभयो । संस्थामा हाल ४६ सय बढी शेयर सदस्य रहेको र संस्थामा ३ करोड ५१ लाखभन्दा बढी चुक्ता शेयर पँुजी रहेको समेत उहाँले जानकारी दिनुभयो । सहकारीले आफ्नै लगानीमा शिक्षा शिकोस…

Read More

बनियानी, ४ असोज । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित सैनिक चोकमा आज कार आफैँ अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । आज बेलुका शिवसताक्षी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १४ च ९१०८ नं को कार आफैँ अनियन्त्रित भई सडकको उत्तरतर्फ रहेको बरको रुखमा ठोक्किँदा कारमा सवार छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उक्त दुर्घटनामा कार चालक सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी इटहरी–१० की ३० वर्षीय गीता चौधरीको उपचारको क्रममा…

Read More

झापा, ४ असोज । चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ (जुन २, २०२२) बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड…

Read More

झापा, ४ असोज । नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको ज्यान भएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ६४३ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५६० जना संक्रमित भएका छन् । यस्तै सुदुरपश्चिम प्रदेशमा ५६७, गण्डकी प्रदेशमा ४०९, मधेश प्रदेशमा २१६ र कर्णाली प्रदेशमा २०७ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

Read More

अर्जुनधारा, ४ भदौ । अर्जुनधारा–९ स्थित गार्गी वाङमय प्रतिष्ठानले रोहिणी विलास लुईटेलको ८१ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ । नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षता तथा समालोचक विष्णुकुमार भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न जन्म जयन्तीमा महिला समूहबीच हाजिरी जवाफ प्रतियोगिता गराइएको थियो । विभिन्न ५ वटा समूह सहभागी प्रतियोगितामा अनिता नेपाल नेतृत्वको (ग समूह) प्रथम भएको थियो । सो अवसरमा जगन्नाथ अधिकारी, मिरा पोखरेल लगायतले कबिता वाचन गरेको कार्यक्रममा महिला समूहले सामुहिक किर्तन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले स्व। रोहिणी विलास लुईटेलले छन्द साहित्य एवम् वेद वाङ्मयको विकासमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि अजुर्नधारा वडा…

Read More

झापा, ४ असोज । केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो । ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना हुन नमानेपछि चिकित्सकले केही भइहाले बिरामी आफैँ जिम्मेवारी हुने गरी हस्ताक्षर गरी घर पठाइदिएका हुन् । चाररपाँच दिनअघि कान्तिबाल अस्पतालमा पनि अर्कै घटना भयो । निमोनिया भएपछि पर्साबाट कान्ति अस्पताल रिफर…

Read More

झापा, ४ असोज । सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन्। रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण दुई सरकारबीच सम्झौता गरेर पठाइएका १ हजार नेपालीले पहिलो महिना नै हुन्डीमार्फत पैसा पठाउनु परेको हो। एक कम्पनीमा काम गर्ने १५ जनामध्ये १४ जनाले आफ्नो पहिलो महिनाको तलब नै हुन्डीमार्फत पठाएका छन् । रेमिट्यान्स पठाउने बैंकको अभावका कारण वाध्य भएर हुन्डीमार्फत पैसा पठाएको अमिकले बताएका छन्। रेमिट्यान्स सेवा दिदै आएका बैंकको पहुँच सीमित भएको र औपचारिक माध्यमबारे सरकारले चेतना जगाउन नसक्दा इजरायल गएका नेपाली श्रमिक हुन्डीमार्फत पैसा पठाउन…

Read More

झापा, ४ असोज । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन । डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयकै हो । तर सो कार्यालयले बेवास्ता गर्दा उनीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, ४ असोज । न्याय परिषद्ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ । जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ । परिषद्को निर्णयअनुसार ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरिएको छ । एकभन्दा बढी न्यायाधीश रहेको जिल्लाको हकमा मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गर्ने प्रचलन छ । यस्तै परिषद्ले १७ जना जिल्ला न्यायाधीशलाई जगेडामा सिफारिस गरेको छ । यस्तै परिषद्ले न्याय…

Read More