
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गरे। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गरे। समितिको बयानमा जबराले भने, “राजीनामा दिए हामी सहजीकरण गछौँ । फिर्ता लिन्छौँ । एक डेढ महिना तपाईं काम गर्नुस्,…
झापा, २७ भदौ । सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट ९ करोड ५० लाख रुपैयाँ विशेष सापटी लिएका छन् । कोषले यही भदौबाट सुरु गरेको सापटी योजनाअन्तर्गत ३ सातामा ५ सय श्रमिकले निवेदन दिएकोमा बिहीबारसम्म ५ सय श्रमिकलाई ९ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको छ। सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा लिन सक्ने भए पनि विशेष सापटीको प्रक्रिया छिटो हुने भएकाले धेरै श्रमिकले यो सुविधा लिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले बताए । सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका…
झापा, २७ भदौ । जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ। खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ। यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन् । अध्ययनमा बेलायत, दक्षिण कोरिया र ताइवानका पाँच लाख मानिस सहभागी थिए । अध्ययनका क्रममा कहिल्यै चुरोट सेवन नगरेका बिरामीको ‘इजिएफआर’ नामक वंशाणु…
झापा २६, भदौं। नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँको केन्द्रिय समितिको एघारौं राष्ट्रिय महाधिवेशनले विश्वराज तमुलाई अध्यक्षमा निर्वाचित गरेको छ । भदौ २४ र २५ गते काठमाडौँमा भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । सम्पुर्ण तमू (गुरुङ) विद्यार्थीहरु एक हौं मातृभाषा शिक्षाको सुनिश्चितता हाम्रो अभियान, उत्पादन र रोजगार लक्षित शिक्षानिती लागु गराउन एघारौं राष्ट्रिय महाधिवेशन २०७९ भन्ने मुल नाराका साथमा आयोजना भएको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नरेश गुरुङ, उपाध्यक्षमा सुदन गुरुङ, महासचिवमा पवन गुरुङ, उपमहासचिवमा विशाल गुरुङ, संगठन सचिवमा संजय गुरुङ, कोषाध्यक्षमा पर्शुराम गुरुङ र सह–कोषाध्यक्षमा युवराज गुरुङलाई निर्वाचित गरेको छ । समितिको भाषा साहित्य तथा संस्कृति विभाग प्रमुखमा पविन्द्र…
झापा, २६ भदौ । झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार झापाको हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा एक/एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार दिउँसो पाँचथरको याङ्बरक गाउँपालिका–६ घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइलीको मृत्यु भएको छ । बुद्धशान्ति–३ स्थित कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागे घाइते भएका उनको स्थानीय सिटी अस्पताल बुधबारेमा उपचारपछि थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउनासाथ मृत्यु भएको थियो । त्यस्तै, मेचीनगर–५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने…
बिर्तामोड, २६ भदौ । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुलाई सीपमूलक पोते बनाउने तालिम दिएको छ । संस्थाको महिला उपसमितिले महिलाहरुको सीप तथा क्षमता विकास गराउने उद्देश्यले सात दिने पोते बनाउने तालिम दिएको हो । तालिममा सहभागीलाई प्रशिक्षक गंगा भट्टराईले प्रशिक्षण दिनुभएको थियो । भदौ २० देखि सञ्चालित तालिम आज समापन भएको हो । संस्थाका महिला उपसमिति संयोजक उमा राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाकी सल्लाहकार समिति संयोजक सावित्राकुमारी लिम्बू हुनुहुन्थ्यो भने अतिथिमा संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, सञ्चालक समिति सदस्य चीजा राई, यज्ञप्रसाद मिश्र, महिला उपसमिति सदस्य लक्ष्मी देवान, रुपा प्रधान लगायत रहनुभएको थियो । प्रमुख अतिथि…
झापा, २६ भदौ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रदेश नं. १ समिति गठन भएको छ । संघको गत साउन २८ गते सम्पन्न प्रदेशको अधिवेशनबाट २२ जना निर्वाचित भएका थिए । सोही सदस्यहरुको भेलाले आज ढकबहादुर मगरको नेतृत्वमा सर्वसम्मतिले पदाधिकारी चयन भएको हो । समितिका उपाध्यक्षहरूमा प्रेमप्रसाद लुइँटेल, इलाम, मनबहादुर थापा, पीयू, सुमनकुमार कटुवाल, उदयपुर, सचिवमा गोबिन्द सुवेदी, तेह्रथुम, सहसचिवहरूमा विष्णुकुमार राई, धरान, खगेन्द्र कुमार थापा, झापा र कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई, झापा रहेका छन् । समितिका सदस्यहरूमा प्राडा अजय भट्टराई, अंजु चौरासिया, भीमप्रसाद रिजाल, विशाल कार्की, ईन्द्रनारायण देव, जयबेन्द्र झा, जयनारायण यादव, जयराम सुन्दास, लीलबहादुर कटुवाल, निलम खरेल, रामचन्द्र ठाकुर, सोमनाथ…
झापा, २६ भदौ । चालू आर्थिक वर्ष २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले जानकारी दिएको छ। समितिले प्रकाशित गरेको तथ्यांकअनुसार २०७९ साउन मसान्तसम्ममा कुल जनसङ्ख्याको ४१ दशमलव १५ प्रतिशत बीमाको दायरामा समेटिएको छ । २०७८ साउनको तुलनामा बीमाको पहुँच १३ दशमलव ६४ प्रतिशत बिन्दुले वृद्धि भएको हो। २०७८ साउनसम्ममा बीमाको पहुँच २७ दशमलव ५१ प्रतिशत जनतामा थियो। समितिले बीमा कम्पनीहरूले जारी गरेका म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहितको तथ्याङ्कका आधारमा बीमा पहुँचको अवस्था सार्वजनिक गरेको हो । आजको आर्थिक…
झापा, २६ भदौ । संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका छन्। राष्ट्रपति भण्डारी ‘विधेयक स्वीकृत गर्ने कि नगर्ने ?’ भन्ने अन्योलमा छिन् । यद्यपि, संवैधानिक बाध्यता भने यथावत् रहेको बताइन्छ । ‘विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने वा के गर्ने ?’ भन्नेबारे राष्ट्रपति आन्तरिक छलफलमा रहेकै बेला दुई कम्युनिस्ट पार्टी अध्यक्षद्वय सार्वजनिक रूपमै घोचपेचमा उत्रेका हुन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतसहित संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले…
झापा, २६ भदौ । दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ। कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ। धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर प्रदेश र विहारलगायतका राज्यमा कम वर्षा भएका कारण धानबालीको उत्पादन घट्ने तथा रुस(युक्रेन युद्धका कारण…