
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ७ साउन । मोरङमा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा जहदा गाउँपालिका – ३ मा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो । प्रतियोगिताका बारेमा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा मोरङ जिल्लाको ८ वटा टिमको सहभागिता हुने बताएको छ । आयोजकका अनुसार प्रतियोगितामा पशुपति युवा क्लब दादरवेरिया, हात्तीबन्धा युवा क्लब भाथिगछ, लालीगुँरास स्पोर्टिङ्ग क्लब रानी विराटनगर, रानी युवा क्लब मिल्स एरिया, लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा ३, लक्ष्मिनिया युवा क्लब, महाराजी युवा क्लब वैरिया भीमपुर र स्मार्ट जहदा समाज जहदाको सहभागीता रहने छ । जीवन विकास मुख्य…
झापा, ७ असोज । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एलवी भन्ने लालबहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०ः१२ जना अपरिचित व्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको बिभिन्न भागमा काटी गम्भीर घाइते बनाई घटना स्थलबाट भागी फरार भएको र घाइते गुरुङको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा तत्काल घटना स्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी…
बिर्तामोड, ७ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. १ बाट शारीरिक सुगठनका १० जना खेलाडी छनोट भएका छन् । बिर्तामोडमा भएको छनोट प्रतियोगितामा प्रदेश १ का नौ जिल्लाका २९ जना खेलाडीले सहभागिता जनाएका थिए । शारीरिक सुगठनका १० जना खेलाडी छनौट भएका हुन् । प्रतियोगिता अन्तरगत ५५ केजी तौल समूहमा अजय राजवंशी (झापा), ६० केजी तौल समूहमा सन्देश राई (झापा) , ६५ केजी तौल समूहमा मनोज कटुवाल (उदयपुर), ७० केजी तौल समूहमा पवन भट्टराइ (पाँचथर), ७५ केजी तौल समूहमा निखिल ताम्राकार (उदयपुर), ८० केजी तौल समूहमा शौरभ मगर (मोरङ) , ७० केजी मुनी मेन फिजिक्समा अवतार श्रेष्ठ (सुनसरी)…
झापा, ७ असोज । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो । ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।
झापा, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । बिहीबार बसेको बैठकले लिङ्देन नेतृत्वको समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरू र भातृ संगठनका प्रमुखहरुलाई सदस्यमा मनोनीत गरेको हो । बैठकले सदस्य सचिवको जिम्मेवारी महामन्त्री राजेन्द्र गुरुङलाई तोकेको छ । यस्तै बैठकले प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । यस्तै कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता…
झापा, ७ असोज । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती तराई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा…
झापा, ७ भदौ । विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ। इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड ९ग्याबु० शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन्। सानुबाबु सुनारको नेतृत्वमा रहेको उक्त टोलीले चार हजार आठ सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट सोमबार पहिलो परीक्षण उडान गरेको थियो। आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड…
झापा, ६ भदौ । टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे । अदालतका कर्मचारीले काठमाण्डौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । आजको नेपाल समाचार पत्रमा खबर छ ।
झापा, ७ असोज । दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ । विशेषगरी दसैं र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको छ। नेपालको सन्दर्भमा कुरा गर्दा आयातलाई आवश्यक विदेशी मुद्राको हिसाबले होस् वा आयात गरीएका वस्तु तथा सेवा खरिद गरेर होस् अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ । खबौंमा भित्रिने रेमिट्यान्सलाई आजसम्म पनि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने भन्दा पनि व्यक्तिगत रुपमा अनावश्यक क्षेत्रमा खर्च हुने गरेको…
बिर्तामोड, ६ असोज । बिर्तामोड नगरपालिकाले घर नक्शाको अभिलेखिकरण गर्ने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (बिहीबार) बसेको कार्यपालिकाको बैठकले घर नक्शा अभिलेखिकरण गर्ने निर्णय गरेको हो । अब देखि बिर्तामोड नगर क्षेत्रिभत्र सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर,भवनहरु निर्माण गर्दा अनिवार्य रुपमा नगरपालिकाबाट ईजाजत लिई नक्सा पास गरेर मात्र निर्माण कार्य गर्नु पर्ने बैठकले निर्णय गरेको छ । यसअघि घर, भवन निर्माणका लागि ईजाजत नलिएका नक्सापास नभई बनेका सम्पूर्ण सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर तथा भवनहरुको अभिलेखिकरण २०७९ चैत्र मसान्त भित्र सम्पन्न गरि लगत तयार गर्ने र त्यस पछि भवन निर्माण इजाजत नलिई निर्माण सम्पन्न…