झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ असोज । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नं. १ को प्रादेशिक अस्पताल भद्रपुर झापाको स्नरोन्नति गरी दुई सय बेड बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय पनि गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा ती दुई अस्पतालको स्तारोन्नति गर्ने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको मिति २०७९ असोज ५ गतेको निर्णय प्रचलित कानूनसमेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख…

Read More

झापा, ७ असोज (एजेन्सी) । युनाइटेड अरब इमिरेट्स (यूएई) मा एक नेपाली युवाले करिब ३५ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका छन्। दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत विश्वकर्माले महजोज ज्याकपटको चिठ्ठा जितेका हुन्। आफ्ना दुई साथीहरुसँग मिलेर चिठ्ठाको टिकट खरिद गरेका भरतले उक्त पुरस्कार पनि साथीहरुसँग बाँडेर लिने बताएका छन् । चिठ्ठा जितेसँगै भरतले आफूले जितेको रकम आफ्नो परिवारको लागि र ब्रेन ट्युमरको कारण प्यारालाइसिस भएका भाइको उपचारको लागि खर्च गर्ने बताएका छन्। उनका ३ र पाँच वर्षका दुई सन्तान छन्।

Read More

झापा, ६ असोज । विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण स्मरण गर्दै निजी क्षेत्रले यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग-व्यवसाय क्षेत्रमा ऋणको व्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गरेको छ। अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुद्वारा १ असोजदेखि लागू हुने गरी व्याजदरमा भएको वृद्धिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। कर्जाको व्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमीव्यवसायी मर्माहत हुनेतर्फ महासंघले सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहेको…

Read More

झापा, ६ भदौ । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा यसअघि नै आदेश दिएको थियो । ऐनमा…

Read More

झापा, ६ भदौ । सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको अधिकार स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य गतिविधि पनि उतै सरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०७८/७९ को आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आयोगले सोही प्रतिवेदनको जानकारी पत्रकार सम्मेलन गरी गराएको हो । सङ्घीयतापछि शिक्षा, स्वास्थ्य तथा विकास निर्माणसँग सम्बन्धित स्रोत परिचालनको जिम्मेवारी स्थानीय तहमा गएको छ । धेरै जिम्मेवारी भएपछि भ्रष्टाचारको ग्राफ पनि बढेको हो । प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचारसम्बन्धी उजुरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेका छन् । प्रतिवेदनअनुसार आयोगमा एक…

Read More

झापा, ६ भदौ । संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्र प्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् । गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । यसपछि दुवै सदनबाट हुबहु पारित गर्दै सरकारले पुनः २० भदौमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो । राष्ट्रपतिको विधेयक प्रमाणीकरण नगर्ने कदमपछि सरकार र सत्ता गठबन्धनआबद्ध दलले भने राष्ट्रप्रमुखबाट संवैधानिक व्यवस्था उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् । जसले…

Read More

बिर्तामोड, ६ भदौ । झापाको बिर्तामोड नगरपालिकाले सडकको सुन्दरता बढाउन भद्रपुर रोडमा फूल रोप्ने कार्य शुरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले बुधबार सिजिएम जातको फूलको विरुवा रोपेर यस कार्यको थालनी गर्नुभयो । नगरपालिकाले बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गतको मुक्तिचोकदेखि धौलापुलसम्मको भागमा रहेको डिभाइडर भित्र विभिन्न जातका फूल रोप्ने कार्य अघि बढाएको हो । सिजिएम, मयुरधुपी, फक्सटेल पार्म, सितार लगायत विभिन्न जातका विरुवा रोप्ने नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कुनै पनि संघ–संस्थाले फूल रोप्न चाहे दिन सकिने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताउनुभयो । नगर प्रमुख प्रसाईसँगै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार…

Read More

झापा, ६ भदौ । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको…

Read More

झापा, ५ असोज । प्रदेश नं. १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटिङ मोटरसाइकल हस्तान्तरण गरिएको छ । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताउँनुभयो । यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराधलाई न्यूनीकरणका गर्नका लागि सुरक्षाकर्मीलाई मज्बुद बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई श्रोत साधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै स साना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने बताउनुभयो । मन्त्री कार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने भन्दै मुख्य…

Read More

झापा, ५ असोज । झापाको भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकै खेती गरेका छन् । भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उनले सो खेती गरेका हुन् । “धान खेतीबाट भन्दा बढी मकैबाट आम्दानी हुन्छ”, यादव भन्छन्, “बिक्री पनि खेतबाट हुने र धानलाई जस्तो बढी मेहनत पनि गर्नु नपर्ने हुँदा वर्षौँदेखि मकै खेती गर्दै आएको छु ।” उनले प्रति बिघा वार्षिकरूपमा २० हजार दिने गरी १० बिघा जमिन भाडामा लिएर खेती गर्दै…

Read More