
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ असोज । नेपाल–भारत सीमाक्षेत्रबाट पाकिस्तानी र चिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ। पाँचदिने नेपाल भ्रमणमा रहेका एसएसबीका महानिर्देशक सुजोयलाल थाउसेनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँगको औपचारिक भेटमा यस्तो आग्रह गरेका हुन् । पाकिस्तान र चीनका नागरिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन् । उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बलको भूमिका हुनुपर्छ, एसएसबीका महानिर्देशक थाउसेनलाई उद्धृत गर्दै भेटमा सहभागी सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने। नेपाल–भारत सीमा सुरक्षा, व्यवस्थापन र समन्वय बैठकमा पनि एसएसबीका महानिर्देशक थाउसेनले नेपालले तेस्रो मुलुकका…
झापा, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो । कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको मात्रै रहेको छ । आयोगको ३२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाको हकमा भने सप्तरीमा सबैभन्दा बढी अनियमितता, भ्रष्टाचार हुने गरेको उजुरी परेको छ । प्रतिवेदनअनुसार कुल उजुरीमध्ये सप्तरीको मात्रै २२ प्रतिशत रहेको छ । यता, गाउँपालिकाको हकमा भने सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकाको उजुरी…
झापा, १४ असोज । जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या हुने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीले अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगी बढेको बताए । उनले मानिसमा कोलेस्टेरोलको समस्या बढ्दै गएको भन्दै कोलेस्टेरोल बढ्दै जाँदा त्यसले विस्तारै मुटुमा समस्या ल्याउने बताए । मानिस स्वस्थ छ भने पनि वर्षमा एक पटक मुटु परीक्षण गराउन सुझाव दिँदै डा। रेग्मीले उच्च कोलेस्टेरोलबाट बच्न सके मुटु रोग लाग्नबाट बच्न सकिने बताए । उनले मुटु रोगबाट बच्नका लागि नियमित शारीरिक अभ्यास गर्ने, बिहानको समयमा हिँड्ने र पसिना निकाल्ने गर्दा मुटु…
झापा, १३ असोज । झापाको हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धीहरुको लेखाजोखा गरी सबल र दुर्बल पक्ष पहिचान गर्ने उद्देश्यले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्यांकन कार्यविधि २०७७ तर्जुमा गरेको हो। स्थानीय तहको उचित कार्यसम्पादन सूचकका आधारहरू के के हुन ?, कसरी स्थानीय तहलाई सुशासन र पारदर्शी ढंगले अघि बढाउने भनि कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले प्रष्ट पारेका थिए। कार्यक्रममा स्थानीय तहको कार्यसम्पादन सूचकका आधारहरू न्यायिक सम्पादन, कार्यसम्पादन सूचक, भौतिक पूर्वाधारको सूचक,सामाजिक समावेशीकरणको सूचक, वातावरण संरक्षण विपद व्यवस्थापन…
बिर्तामोड, १३ असोज । झापाको उत्तरी सीमा इलामको माई नगरपालिका–२ चेप्टीस्थित ह्याप्पी ड्रिम्स चेप्टी (फनपार्क) जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि बस सेवा सञ्चालनमा ल्याइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आगमनमा सहजता ल्याउने उद्देश्यले दैनिक दुई वटा बस सञ्चालनमा ल्याइएको ह्याप्पी ड्रिम्स चेप्टीका सञ्चालक दिनेश शिवाकोटीले बताउनुभयो । बिर्तामोडबाट करिब ३० किलोमिटर क्षेत्रमा रहेको यस क्षेत्रमा पुग्नका लागि झापाको सुरुङ्गाबाट दिउँसो १० बजे निस्कने र ११ बजे बिर्तामोडबाट दानाबारी स्टेशन हुँदै साढे १२ बजे इलामको माई नगरपालिका–२ स्थित चेप्टीमा पुग्ने ह्याप्पी ड्रिम्स चेप्टीका मुख्य व्यवस्थापक दिपक ढुङ्गानाले जानकारी दिनुभयो । अहिले दैनिक २ वटा बसले पर्यटकलाई ल्याउने लैजाने…
बिर्तामोड, १३ असोज । झापा बिर्तामोड–५ स्थित रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न भएको छ । गत असोज ११ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा पछि आज बिर्तामोडमा अन्तिम माइन्यूट प्रमाणिकरण भेला गरी साधारण सभा सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष दलबहादुरको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि मिश्रले राज्यले सहकारी क्षेत्रलाई प्राथमिकता नदिए पनि सहकारी अभियान अझ सशक्त बन्दै गएको बताउनुभयो । “सरकारले प्राथमिकता नदिए पनि जनताको आवश्यकताको आधारमा सहकारीहरु अझ सशक्त बन्दै गएका छन्”, उहाँले भन्नुभयो । उहाँले सदस्यहरुलाई सहकारीमा बचत बृद्धि…
अर्जुनधारा, १३ असोज । रोमाञ्चक मोडबाट पहिलो सेमिफाइनलमा सैनिक युथ क्लब बिर्तामोडलाई पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेर खेलको निर्णय सडनडेथबाट लिनु परेको थियो । जसको निर्णायक गोल ११औँ प्रहारबाट सम्भव भयो । झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजकले सडनडेथमा ९–८ गोलले सैनिकलाई पराजित गर्यो । जितसँगै आयोजकले कम्तिमा ५० हजार सुरक्षित गरेको छ । आयोजक फाइनल पुग्ने पहिलो टोली हो । टाइब्रेकरमा पनि समान ५–५ गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । खेलको पहिलो गोल भने आयोजकका लागि पुजन राईले गरेका थिए । आयोजकका…
बिर्तामोड, १३ असोज । पर्यटन प्रवर्धन अभियानमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै प्रदेश सरकारले झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजका सञ्चालक एवम् हिमालयन टुर एण्ड ट्राभल्स (अनुपमा) का प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आयोजित समारोहका बीच व्यवसायिक क्षेत्रका अगुवा श्रेष्ठलाई सम्मानपत्रसहित सम्मान गरेको हो । विश्व पर्यटन दिवस २०२२ : अतिथिको सत्कार नेपालीको संस्कार’ भन्ने नाराका साथ मनाएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले होटल सञ्चालक श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् । कार्यक्रममा होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, होटल…
झापा, १३ असोज । झापाको बुद्धशान्ति बुद्धशान्ति गाउँपालिका–१ स्थित श्री त्रिभुवन माविले शुभकामना आदान–प्रदान, कक्षा–१२ का उत्तीर्ण विद्यार्थी र सेवा निवृत्त शिक्षकलाई सम्मानसहित बिदाई गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा हुनुहुन्थ्यो । वडा नं १ का वडाध्यक्ष अनिल वाग्ले, साविक गाउँ विकास समिति अध्यक्ष खडानन्द वाग्ले विशेष अतिथि रहेको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक एवम् पदाधिकारी लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो । विद्यालयका प्रधानाध्यापक कुमार आचार्यको स्वागत मन्तव्यसँगै विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अनिवार्य अवकास पाएका शिक्षक नरेन्द्र बराल र…
झापा, १३ असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतस् खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य हुँ भन्न नपाउने बताए । प्रतिनिधि सभाको म्याद सकिँदा समेत सभामुखजस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भने– ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र उम्मेदवारी दुवै तिरको पद खारेज हुन्छ ।’…