झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १ असोज । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबार देखि शिविर सुरु गरीएको हो । शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गर्नु भयो । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा सुरु गरीएको यो शिबिर असोज ६ गतेसम्म सञ्चालन हुने छ । नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुइ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले…

Read More

झापा, १ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालयमा १० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरूलाई फुटाउनेतिर लैजाने बताए । उनले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठुलो बहस चलाउन आवश्यक रहेको बताए । उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए…

Read More

झापा, १ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थित रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नव निर्मित कार्यालय भवन उदघाटन भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना बीच १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री केदार कार्कीले नव निर्मित भवनको उदघाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी असुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित हुनु पर्ने बिषयमा जोड दिनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै…

Read More

झापा, १ असोज । चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ। सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ। चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ। हात्तीको न्वारन १२ दिनमा हुने गरेको छ। मुलुकमा गणतन्त्र स्थापना हुनुपूर्वसम्म दरबारले नै हात्तीको नामकरण गर्ने गरेकोमा अचेल निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई सो जिम्मेवारी दिइएको छ।

Read More

बिर्तामोड, १ असोज । शिक्षा शिकोप निकेतनले शुक्रवार नानीबाबुहरुको आँखा जाँच गराएको छ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा निकेतनले बालबालिकाको आँखा जाँच गराएको हो । शिक्षा शिकोप निकेतनकी प्रिन्सिपल रेश्मा घिमिरेका अनुसार ४८ जना बालबालिकाको आँखा जाँच गरिएको छ । जाँच गरिएकामध्ये दुई जना बालबालिकाको आँखामा समस्या देखिएको प्रिन्सिपल घिमिरेले बताइन् । बालबालिकामा आँखाको संक्रमण हुनसक्ने र समयमा पहिचान गर्न सके थप जोखिम नहुने भएकाले परीक्षण व्यवस्थापन मिलाइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । दृष्टि आँखा अस्पतालका तर्फबाट नेत्ररोग विशेषज्ञ अजितकुमार ठाकुर र रीना फियाकले बालबालिकाको आँखा परीक्षण गरेका हुन्…

Read More

झापा, १ असोज । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् । विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद…

Read More

भद्रपुर, १ असोज । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान १०ः ३४ बजे देवी विसर्जन गरी ११ः ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका…

Read More

भद्रपुर, १ असोज । झापाको कनकाई नगरपालिका–४ स्थित माइपुलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्रबार दिउँसो ३ः३० बजे कनकाई–४ स्थित माइपुलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ०३–००१ क ००९१ नं.को टिफर र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१३ प ८३१९ नं. को मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त दुर्घटना बाह्रदशी–५ का ४६ वर्षीय सागर पौडेल र उनकी श्रीमती ४० वर्षीया गीता पौडेल घाइते भएका थिए । घाइते दुवै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मोटरसाइकल चालक सागर पौडेलको मृत्यु भएको हो । टिपर चालक मकवनपुर गडी गाउँपालिका–८ का २३…

Read More

झापा, ३१ भदौ । प्रदेश नम्बर १ का १४ जिल्लाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संबैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट धमाधम प्रशिक्षण गराउँदै आएको छ । केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको थियो भने हाल वडाध्यक्षहरुका लागि सम्बन्धित जिल्लामै तालिम सञ्चालन गरिरहेको छ । केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले आजदेखि झापामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै ११ वटा जिल्लाका वडाध्यक्षहरुलाई यस अघि नै सो तालिम प्रदान गरेको बताउनुभयो । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका १३१ वटा वडाका वडाध्यक्षहरु सहभागी भएका छन् । उहाँले वडाध्यक्षहरुको भूमिका संघीयता कार्यान्वयनमा महत्वपूर्ण हुने…

Read More