
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २१ भदौ । चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् । सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो । भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी…
झापा, २१ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र रिजाल र गजेन्द्र हमाल आफैले राजीनामा दिए भने २०७९ असार १२ गते मन्त्रिमण्डल फेरबदल हुँदा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) बाट आठ नयाँ थपिने क्रममा सात मन्त्री बिदा भएका थिए। बिदा भएका मन्त्री हुन् वा अहिले बहालवाला, कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले प्रधानमन्त्री…
सन्तोष शर्माभद्रपुर, २१ भदौ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठूला चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचनका लागि सर्वसम्मत चार जना उम्मेदवारको नाम सिफारिस गरेको छ । ती पार्टीले प्रदेशसभामा भने आकांक्षीको संख्या धेरै रहेकाले उनीहरुको नाम सिफारिस गरेका छन् । झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौलाको नाम सर्वसम्मत सिफारिस भएको छ । त्यस्तै, एमालेले पनि दुर्गाप्रसाईंको नाम सर्वसम्मत नै सिफारिस गरेको छ । माओवादी केन्द्रले पूर्णसिंह राजवंशीलाई अघि सारेको छ भने राप्रपामा निर्विकल्पका रुपमा रहेका…
भद्रपुर, २१ भदौ । झापाको भद्रपुरमा मानब बेचबिखन तथा ओसार पसार विरुद्धको १६ औ राष्ट्रिय दिवसको अवसर पारेर जनचेतनामुलक पोष्टर टास्ने तथा र्यालीसहितको कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकासहित मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने एबिसी नेपाल झापा, साना हातहरु, वडा प्रहरी भद्रपुर, शसस्त्र प्रहरी बल भद्रपुर, मानव अधिकारका लागि एकल महिला,मेची बहुमुखी क्याम्पस, विश्व सेवालगायतका संघ–सस्थाको आयोजनामा दिवस मनाइएको हो । भद्रपुरमा र्यालिसहित नगर परिक्रमा पछि मेची पुलमा कार्यक्रम गरिएको थियो । भद्रपुर नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष सीता गुरागार्इंको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य थियो भने विशिष्ट अतिथिमा उपमेयर राधा कार्की…
झापा, २१ भदौ । नेकपा एमालेले झापा जिल्लाको ५ वटै संघीय निर्वाचन क्षेत्रको सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । झापा–५ बाट एकल रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको एमालेले झापा–१ मा पनि रविन कोइरालाको नाम सर्वसम्मत ढंगले एकल सिफारिस गरेको छ । झापा क्षेत्र नम्बर १ यसअघि माओवादीका राम कार्कीले जितेको क्षेत्र हो भने कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा पनि सोही क्षेत्रबाट निर्वाचनमा उठ्ने तयारी गरिरहेका छन् । यस्तै झापाको २ नम्बर क्षेत्रमा भने एमालेले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारका महान्यायाधिवक्ता बनेका अग्नि खरेलको नाम सिफारिस गरेको छ । उनी कानुनका ज्ञाता मानिन्छन् । खरेलसँगै झापा–२…
काठमाडौं, २० भदौ । चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सिचुवानको शिमियान काउन्टीमा १४ जनाको मृत्यु भएको छ भने नजिकैको लुडिङ काउन्टीमा सात जनाको मृत्यु भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।
झापा, २० भदौ । यस पटक दसैँतिहार लगायतका ठूला चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो ।
विराटनगर, २० भदौ । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो । राज्यका निकायहरु गम्भीर नहुँदा नेपालमा प्रत्येक वर्ष बाढी, पहिरोे, डुबान, आगलागी र भुकम्पजस्ता जलवायुजन्य संकटको जोखिम उच्च हुँदै गएको उनीहरुले औंल्याएका छन् । पानीका श्रोतहरु सुक्दै जानु, बालीनालीमा किराको प्रकोप बढ्नु, माटोमा उर्वराशक्तिमा ह्रास आउनु र महामारी फैलिनु लगायतका घटनाहरु पनि जलवायु परिवर्तनकै प्रभाव स्वरुप हुने गरेको बताइएको छ । सोमबार आयोजित कार्र्यक्रममा एक प्रतिवेदन प्रस्तुत गर्दै वन विज्ञ प्रमेश्वर पासवानले जलवायु…
ताप्लेजुङ, २० भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । ताप्लेजुङ फुङ्लिन नगरपालिका – २ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. ३ मा रहेको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको प्रदेश संगठन सचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए । वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए । यस्तै बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययारत ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।…
विराटनगर, २० भदौ । मानव बेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसका वक्ताहरूले बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा माइती नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लगायतले सोमवार रानी भन्सार विराटनगरमा आयोजना कार्यक्रममा सहभागीहरूले मानव बेचबिखनको स्वरूप मात्र फेरिएकाले मानव बेचबिखन निर्मूलका लागि तीन ओटै सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले अझै पनि जोगवनी नाकाबाट मानव तस्करहरूले समूहले मानव बेचबिखन गरीरहेको बताउनु भयो । उहाँले अहिले शिक्षित र मानव बेचबिखनको बारेमा जानकारी भएकाहरूलाई समेत राम्रो रोजगारी…