
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १४ असोज । नेबिसंघ झापाद्वारा सञ्चालित दुइ दिवसीय अन्तर क्याम्पस फुटबल खेलको उपाधि बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसले हात पारेको छ । यो सँगै उक्त क्याम्पसले नगद १६ हजारसहित ट्रफि मेडल, र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा बिर्तामोडकै कन्काई आदर्श क्याम्पस द्वितीय भएको छ । कनकाइले नगद ११ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । अन्तर क्याम्पस खेलमा १५ वटा टिम सहभागी थिए ।
बिर्तामोड, १४ असोज । नेपाली कांग्रेस झापाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएको छ । कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ/नगर सभापति एवं भातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले असोज १५ गते सबै क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगरमा बैठक राखी निर्वाचनको तयारी थाल्न निर्देशन दिएको हो ।
कनकाई, १४ असोज । झापाको कनकाई नगरपालिकामा स्वतन्त्र नागरिक कार्य सम्पादन समूहको सम्पर्क कार्यालय स्थापना भएको छ । कनकाई नगरपालिको कार्यालय अगाडि आज समूहको कार्यालय स्थापना भएको हो । उक्त कार्यालयको अधिवक्ता हरि उप्रेतीले उद्घाटन गर्नुभयो । समूहका संयोजक शेरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले प्रजातन्त्र, समाजवाद, गणतन्त्र लगायतका नाममा जनतालाई लोभ्याइएको तर वास्तविक परिवर्तनको अनुभूति जनताले गर्न नपाएको बताउनुभयो । उहाँले अब जनता सचेत भएर लाग्नुपर्ने बेला आएको समेत औंल्याउनुभयो । व्यवस्था परिवर्तनमा लागेकाहरु अहिले भ्रष्टाचार र कमिशनखोरमा परिणत भएर छुट्टै वर्गमा रुपान्तरण भएको उहाँको भनाइ थियो । त्यस्तै, कार्यक्रमका विशेष अतिथि सामाजिक एवम् राजनीतिक व्यक्तित्व युक्त…
बिर्तामोड, १४ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा सहुलियत मूल्यको चामल खरिदका लागि दसैँ सुरु भएदेखि नै उपभोक्ताको भीड लागेको छ । यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन् । असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ । कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कार्यालयबाट हाल दैनिक ६०÷७० जनाले चामल खरिद गर्ने गरेका छन् । हालसम्म ५० क्वीन्टल चालम बिक्री भइसकेको छ । भीडलाई व्यवस्थित गर्न कार्यालयले…
झापा, १४ असोज । नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ ।
झापा, १४ असोज । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गा मध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरूपको भगवान कुमार र एउटा हात आशीर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ । यस स्वरूपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुट्करा…
स्विटजरल्याण्डका पूर्व सैन्यकर्मी इव्स रोजीले जेट विंगप्याक लगाएर उडान भर्दा तब मानिसले यसरी पनि उड्न सकिन्छ भनेर सोच्न सक्दैनथे । आज हामी तपाईंलाई विश्वकै तेज बाइकबारे जानकारी दिँदै छौँ । यसलाई जेटप्याक एभिएसनको कम्पनी मेमेन एयरोस्पेसले बनाएको छ । यो लगभग विमानको गतिमा उड्न सक्छ । मेमेन एयरोस्पेसका मालिक डेविड मेमेनले यो बाइकको नाम स्पिडर राखिएको बताए । उनले भने, ‘यो वास्तवमा एक एयर युटिलिटी भेइकल हो, अर्थात् यसको उपयोग विभिन्न तरिकाले गर्न सकिन्छ किनभने हेलिकोप्टर ठूला, जटिल, महँगो र पाइलट बिना उड्न सक्दैनन् । ड्रोन्सले कम तौल उठाउँछ, रेन्ज पनि छोटो हुन्छ, सुस्त गतिको हुन्छ । त्यसैले हाम्रो बाइक…
झापा, १४ असोज । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशभर मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक…
झापा, १४ असोज । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ। सभामुखको कार्यकालबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गत असोज ६ गते रिट दायर भएको थियो। अदालतको फैसला नआएसम्म असोज १ पछिका सेवासुविधा रोकिएको स्रोतले बताएको छ। समानुपातिकतर्फको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म संसद्को कार्यकाल रहेकाले सभामुख र उपसभामुख कायम रहने वा नरहने भन्ने विषय विवादित छ। आजको नागरिक दैनिकमा खबर छ ।
झापा, १४ असोज । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । बुबा ९नागरिकताअनुसार० जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो । गत साउनको दोस्रो साता आमा (नागरिकता अनुसार) सुशीलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नामले वडा कार्यालयबाट नागरिकता सिफारिस लिइन् । सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी देवु यादवमार्फत सुशीलाले सोनीकुमारीलाई लिएर सो कार्यालय पुगे । ‘नागरिकता जारी गर्नुअघि प्रशासकीय अधिकृत शिशिर घिमिरेले सोधपुछ शुरू गरे तर देवुले सोनीसँग आफ्नो लामो समयदेखि चिनजान…