झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २६ भदौ । झापाको भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वनलाई हरित पर्यापर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । उक्त वन उपभोक्ता समितिको २३ औं साधारण सभामा समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको त्यस्तो योजना रहेको जानकारी दिनुभयो । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको परिषद भेलामा कोषाध्यक्ष अनुज खतिवडाले एक करोड ६३ लाख ८३ हजार ३३९ आम्दानी सहितको वार्षिक आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सचिव पार्वती मल्लले सञ्चालन गरेको कार्यक्रममा वन डिभिजन झापाका कविन्द्रविक्रम नेम्वाङ, नेकपा माओवादी केन्द्र भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष पदम लिम्बू, श्रीराम समावेशी धाम व्यवस्थापन समितिका अध्यक्ष शिवराम लुँइटेल,…

Read More

भद्रपुर, २६ भदौ । रोटरी क्लव अफ भद्रपुरले यहाँस्थित कलवलगुडी प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । भद्रपुर–१० स्थित विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा एक थान ल्यापटप, कम्प्युटरसहित शैक्षिक सामग्री वितरण गरेको हो । क्लवको क्षमता विकास कार्यक्रमअन्तर्गत क्लवले एडप्ट गरेको स्कुललाई हेप्पी स्कुल बनाउन डिष्ट्रिक ग्रान्डबाट प्राप्त सहयोगले खेलकुद सामग्री, स्टेशनरी, कल्चरल पोशाक समेत वितरण गरेको हो । क्लवका अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक कल्पना नेपालले सामुदायिक स्कुललाई गरेको सहयोगको लागि क्लवलाई धन्यवाद दिँदै प्राप्त सामग्रीहरुको सहि सदुपयोग गर्ने वचन दिइन् । कार्यक्रममा स्कुलका शिक्षक, विद्यार्थीसहित क्लवका संस्थापक अध्यक्ष किशोर पराजुली, पूर्व अध्यक्षहरु राजकुमार पोखरेल, विगत…

Read More

झापा, २६ भदौ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९…

Read More

झापा, २६ भदौ । नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८÷७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो । विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार करोड ४१ लाख (करिब साढे पाँच अर्ब रुपियाँ) अमेरिकी डलर बाहिरिएको छ । त्यसअघि सन् २०१९ मा छ…

Read More

सुनसरी, २५ भदौ । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गम स्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । “नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरि नै नेपालमै रहन्छन् भन्ने हुँदैनन्”, वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरी बताउछन् । उनले भने, “नेपालमा हिउँदमा आउने हिउँदे…

Read More

झापा, २४ भदौ । साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो । नेपालको लागि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका लागि खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा ल्याए । ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । ६८…

Read More

झापा, २४ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आयोगले यो कार्यक्रम गर्न लागेको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर नमुना मतदानको कार्यक्रम गर्ने तयारी छ । नमुना मतदानको काम दसैँ पछिबाट सुरु हुने उनले बताए ।

Read More

विरानगर, २४ भदौ । इटहरी उप महानगरपालिका–६ स्थित रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप आज एक कार्यक्रमको आयोजना गरी सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको एउटा बिद्युतिय अटो टेम्पो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै सन्थालियाले प्रहरी नागरीकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौ भन्दै आगामि दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने कुरा वहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालियालाई विशेष…

Read More

रोहित काफ्लेबिर्तामोड, २४ भदौ । झापाको विर्तामोडमा शुक्रबार चिया तथा अलैंची उद्योगसँग सम्बन्धित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरिरहेको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी परियोजना बारे जानकारी गराउने र त्यस अनुरुपका क्रियाकलाप अघि बढाउने उद्देश्यले आयोजत अन्तरक्रियात्मक कार्यक्रममा परियोजना बारे बृहद छलफल भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको अध्यक्षतामा विर्तामोडको होटल हेभनमा आयोजित कार्यक्रममा महासंघका सहायक निर्देशक हरि पडेल र वरिष्ठ विज्ञ हंशराज पाण्डेयले सहजीकरण गरेका थिए । झापा र इलामका उद्योग–वाणिज्य क्षेत्रका पदाधिकारी, वस्तुगत संघहरुका पदाधिकारी एवम् प्रतिनिधि र…

Read More

बिर्तामोड, २४ भदौ । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयले हालै कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आज विशेष कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरेको छ । विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा एजुकेशनल कोअर्डिनेटर कुमार थपलियासहित विभागीय प्रमुखहरुले विद्यालयको नीति, नियम आचार संहिताबारे प्रकाश पारेका थिए । कोअर्डिनेटर थपलियाले विद्यार्थीहरुलाई क्याम्पस परिसरभित्र पालना गर्नुपर्ने आचारसंहिता तथा अनुशासनका विषयसँगै मनकामनाको दुई दशक लामो यात्राबारे प्रकाश पारेका थिए । मनकामनाबाट उत्पादित जनशक्तिहरुले प्रहरी, प्रशासन, शिक्षण, पत्रकारिता, बैंक, व्यवसाय लगायतका क्षेत्रमा आफ्नो परिचय बनाउन सकेको अवगत गराए । बिर्तामोडको एक पार्टी प्यालेसमा सम्पन्न दिवा भोजसहितको उक्त कार्यक्रममा विभागीय प्रमुखहरु विजय…

Read More