
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० भदौ । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दशैँको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । सहमतिअनुसार आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ…
झापा, ३० भदौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । देशभर १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् । यो १८.२६ प्रतिशत हुन आउँछ ।
झापा, ३० भदौ । कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ‘झारा टार्न’ भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो । चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । राष्ट्रपति विद्या भण्डारीसँग बुधबार भएको भेटमा लीले बिहीबारदेखि नै सीमा खोल्ने बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, ३० भदौ । साहित्य चौतारी झापाले बाल दिवसको अवसरमा विभिन्न तीनवटा विधामा उत्कृष्ट भएका बाल प्रतिभालाई पुरस्कृत गरेको छ । बुधवार आयोजित मासिक साङ्गीतिक काव्यसभामा चौतारीले उत्कृष्ट भएका प्रतिभालाई नगदसहित पुरस्कृत गरेको हो । अघिल्लो मासिक काव्यसभाबाट साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच/पाँच जनाका दरले बालप्रतिभा छानिएका थिए । बाल दिवसका अवसरमा चौतारीले उनीहरु बीच प्रतिस्पर्धा गराएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘प्रतिस्पर्धामा उत्कृष्ट भएका बालप्रतिभा पुरस्कृत भएका छन्’, संरक्षक श्रेष्ठले भने, ‘बालबालिकालाई हौसला प्रदान गर्नु र उनीहरुको प्रतिभालाई ठाउँ दिनु हाम्रो कर्तव्य हो । साहित्य चौतारीकी सचिव खगिन्द्रा खुशीका अनुसार कवितातर्फ रिया राजवंशी प्रथम भएकी…
एजेन्सी । पोल्याण्डमा पुरातत्वविदले १७ औँ शताब्दिको चिहान खनिरहेका थिए । यतिबेला उनीहरुले एउटा यस्ते चिहान भेटे जुन देखेर जिल खाए । यसमा एक महिलाको कंकाल थियो । उनको घाँटीको चारैतिर हँसिया लगाइएको थियो । यो राख्नुको उद्देश्य के थियो भने महिलाको मृत्यु भइसकेपछि पनि कथंकदाचित जिउँदो भएर उठ्न खोजिन् भने हँसियाले टाउको काटिएर पुनः मृत्यु होस् वा चोट लागेर उठ्न नसकून् । यसबारे अनुसन्धान गर्ने पुरातत्वविद्को समुहका प्रमुख निकोलस कपरनिकस युनिभर्सिटीका प्राध्यापक डोरिज पोलेन्स्कीले दिएको जानकारी अनुसार उनको अगाडिको दाँत भ्याम्पायरको जस्तै तिखा थिए । त्यसैले पनि उनलाई ‘भ्याम्पायर’ भनिएको थियो । साथै, उनले सिल्क टोपी लगाउँथिन् । टोपीको…
झापा, ३० भदौ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान…
झापा, २९ भदौ । काठमाडौंको एउटा अनलाइनले अलैंचीको मूल्यको सम्बन्धमा प्रकाशित गरेको समाचारप्रति नेपाल अलैंची व्यवसायी महासंघले आपत्ति जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले भनाइ उद्धृत गर्दै एक अनलाइन समाचार पोर्टोलले अलैंचीको मूल्यको विषयमा लेखेको समाचारले अलैंची कृषक, व्यवसायी तथा निर्यातकर्तामा भ्रम सिर्जना गरेको भन्दै महासंघले आपत्ति जनाएको हो । समाचारअनुसार भारतले नेपाली अलैंची प्रतिकिलो सात सय रुपैयाँमा खरिद गरेर आफ्नो ब्राण्डमा खाडी देशहरुमा प्रतिकिलो १७ सयमा बिक्री गर्दै आएको जनाइएको छ । सोही विषयलाई लिएर महासंघले एक विज्ञप्ति जारी गर्दै समाचारमा अलैंचीको मुल्यको विषयमा उल्लेखित कुरा तथ्यहीन भएको स्पष्ट पारेको छ । अध्यक्ष निर्मल…
झापा, २९ भदौ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल गस्ति परिचालन गरेको छ । कार्ययोजना अनुसार प्रहरी नायव निरीक्षकको कमाण्डमा १०/१० जना मोरङ र सुनसरी जिल्लाको सिमावर्ति क्षेत्रमा परिचालन गरिएको छ ।
कनकाइ, २९ भदौ । नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं–९ का .कार्यकर्ताको भेलाले गणेशप्रसाद उप्रेतीको सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । उक्त कार्य समितिको उपसभापतिमा शिव राजवंशी र लता श्रेष्ठ, सचिवमा राजेन्द्र आङबुहाङ र भोलानाथ मिश्र, सहसचिवमा जीवनकुमार श्रेष्ठ र दिवस पराजुली चयन भएका छन् । समितिका सदस्यहरुमा युवराज मिश्र, गणेशचन्द्र राजवंशी, भक्तबहादुर तिम्सिना, लैनबहादुर भण्डारी, छत्रबहादुर सिवा, तीर्थकुमार नेपाल, सुस्मिता खड्का, लक्ष्मी दाहाल पाण्डे, मानबहादुर श्रेष्ठ, रचना प्रसाई, टहलबहादुर राजवंशी, दुर्गाचरण राजवंशी चयन भएका छन् । नवगठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । शिव राजवंशीको…
झापा, २९ भदौ । झापाको भद्रपुर नगरपालिका–५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो । टेम्पोबाट लागुऔषध बरामद भए संगै चालक बिर्तामोड–२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका(८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।