
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ भदौ । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ । सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नपाल (जसपा) र राष्ट्रिय जनमार्चाका पाँच दलीय गठबन्धन रहको छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ । हाल सम्पन्न स्थानीय तह…
झापा, २८ भदौ । डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वयनमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच समन्वय नहुँदा त्यो काम कसले गर्ने भन्ने पनि यकिन भएको छैन। मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले डेङ्गु परीक्षणमा लिइदै आएको शुल्कमा एक साताभित्र एकरूपता ल्याउनका लागि समिति बनाइएको जानकारी दिए। एक साता बितिसक्दा पनि किन शुल्क निर्धारण गरी एकरूपता नभएको रु भन्ने प्रश्नमा उनले मन्त्रालयका गुणस्तर मापन तथा नियामक विभाग प्रमुख डा मदन उपाध्यायको अध्यक्षतामा डेङ्गु परीक्षणका लागि शुल्क निर्धारण गर्ने समिति बनेको र उक्त समितिले डेङ्गु परीक्षण शुल्क एकरूपता…
झापा, २७ भदौ । कोरियन भाषा परीक्षा (इपीएस) पास गरेर कोरिया जान नपाएका कामदार धमाधम जान थालेका छन् । सन् २०१७ देखि २०२१ सम्म पास गरेर कोरोना महामारीका कारण जान नपाएका कामदारहरू अहिले गइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए । कोरोना महामारीका कारण सन् २०१७ मा भाषा परीक्षा पास गरेर कन्ट्रयाक्ट समेत गरिसकेकाहरू कोरिया जान पाएका थिएनन् । त्यस्तै सन् २०१८ मा भाषा पास गरेका झण्डै १४०० जना पनि अहिलेसम्म जान पाएका छैनन् । पास गरेर भिसा समेत आइसकेका तर, कोरिया जान नपाएकाहरू अहिले गइरहेको निर्देशक कटुवालको भनाई छ । कृषि क्षेत्रका जाने…
झापा, २७ भदौ । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका थिए । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभागृह सात वर्षसम्म पनि अधुरै छ । सदरमुकामको मध्यभागमा काँसघारीले घेरेको अधुरो भवन अस्थिपञ्जरजस्तो देखिन्छ । सङ्घीयता कार्यान्वयन हुने क्रममा जिल्ला विकास समितिलाई समन्वय समितिमा रुपान्तरण गर्दा यो सभागृह परियोजना स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमध्ये कसैलाई पनि हस्तान्तरण गरिएन ।…
बनियानी, २७ भदौ । झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज दिउँसो २ बजे भद्रपुर–२ र ३ स्थित देउनिया पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नं.को ट्रकले पैदल यात्रीहरु विपरीत दिशाबाट जाँदै गरेको भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी २ वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते तुलसाको उपचारको क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खस्दा उक्त ट्रकका सहचालक जिल्ला झापा बिर्तामोड–२ का…
झापा, २७ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको नवौं झापा जिल्ला सम्मेलनले १३ बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष पवित्रा पाठकसहितका नेतृहरुले आज जिल्ला पार्टी कार्यालयमा विशेष पत्रकार भेटघाटको आयोजना गरी सो जानकारी गराएका हुन् । १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्दा सम्भव भएसम्म सबै क्षेत्र, वर्ग र तप्काको उचित प्रतिनिधित्व गराइएको जनाउँदै अध्यक्ष पाठकले भनिन्, ‘सम्मेलनको उद्घाटन, बन्दसत्रमा छलफल पछि नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता गरेपछि मातृपार्टीको मिटिङ, बैठकहरु चलिरहेकाले हाम्रो नेतृत्व चयनमा ढिलाई भएको हो ।’ स्मरण रहोस्, अखिल नेपाल महिला संघको नवौं झापा जिल्ला सम्मेलन गत भदौ ४ गते…
झापा, २७ भदौ । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सकेसम्म घर तथा आवासस्थल बनाउन नदिने गरी सरकारले त्यस्तो व्यवस्था गरेको हो । एकातिर कृषियोग्य जमिन घट्दै जाने अर्कोतर्फ विदेशबाट आयात भएको विप्रेषणसमेत क्रमशः उपभोग्य वस्तुको आयातमा नै खर्च हुने विकराल स्थिति देखिएपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग ऐन, २०७६ मार्फत जग्गाको वर्गीकरण गरेको हो । त्यसका लागि मन्त्रालयले पृथ्वीनारायण शाहको भनाइलाई आदर्श वाक्यका…
बिर्तामोड, २७ भदौ । झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माण कार्यको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले त्यस्तो चेतावनी दिएको हो । सम्झौता अवधि सकिँदा समेत काम सम्पन्न नभएकाले नगरपालिकाले आइतबार धुलिखेल निर्माण सेवालाई चेतावनी दिँदै पत्र काटिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो । तीन दिनभित्र कार्य प्रगति नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ । धुलिखेल निर्माण सेवाले २०७९ असार १ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ असार ८ गते रू…
झापा, २७ भदौ । सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किएका छन्। वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा गाडी रोकिएका छन् । ती गाडीको पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती भएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डले बताएको छ। आईसीपीमा गाडीको चाप थपिँदै गएकाले अहिलेका लागि ३०० गाडी अटाउने पार्किङस्थल बनाउन लागिएको बोर्डको वीरगञ्ज प्रमुख कमल ज्ञवालीले जानकारी दिए । नयाँ पार्किङ बनेपछि गाडीको चाप व्यवस्थापन सहज हुने विश्वास प्रमुख ज्ञवालीको छ । ‘आईसीपीमा भित्रिएका गाडी पास…
झापा, २७ भदौ । नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज सुरु गरेको छ। कामपाका अनुसार ती निकायहरूबाट भन्डै ५० करोड रुपियाँ कर उठ्न बाँकी रहेको छ। कामपाले पछिल्लो समय भदौ २३ गते बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, नेपाल प्रहरीसहित शंकरदेव, रत्नराज्य, नेपाल ल, सरस्वती, नेपाल कमर्स क्याम्पस, वीर अस्पताल, दशरथ रंगशालालाई १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसार बहाल कर र सोको जरिवानासहित रकम बुझाउन पत्राचार गर्दै अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी…