झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ असोज । जेनजी आन्दोलनको क्रममा देशभरमा भएको घटनाप्रति तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, उद्योग व्यवसाय, प्रहरी चौकीलगायत स्थानमा भएको तोडफोड, आगजनी र लुटपाट घटनाप्रति परिषद्ले दुःख व्यक्त गर्दै यसलाई निन्दनीय भनेको छ । परिषद्ले मीनबहादुर गुरुङको भाटभटेनीमाथि भएका आक्रमणको निन्दा गरेको छ । १०औं हजारलाई रोजगारी दिइरहेको भाटभटेनी सुपरस्टोरमा आगजनी र लुटपाटजस्ता अराजक गतिविधिले सम्पूर्ण नेपाली जनताको साझा पहिचान, व्यवसाय र सामाजिक संरचना नै आघातमा परेको विज्ञप्तिमा उल्लेख छ । संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न पनि परिषद्को माग छ । महासचिव अधिवक्ता राजु गुरुङले…

Read More

झापा, १ असोज । घटस्थापना (असोज ६ गते) देखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ। यस्तै, यातायात व्यवसायीले टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको सरोकार भएका निकायसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय…

Read More

झापा, १ असोज । सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । नयाँ सरकारले खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने भएको हो । मंगलबार सिंहदरबारमा बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । बैठकले अनलाइन सेवालाई विस्तार गर्ने, खर्च कटौती गर्दै मितव्ययी बन्ने र अत्यावश्यक बाहेकका कर्मचारी कटौती गरेको एक सचिवले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ । सचिवहरूको बैठकले सरकार मातहतका सबै कार्यालयले तालिम, गोष्ठीहरू सरकारी भवन र हलमै गर्नुपर्ने निर्णय गरेको छ। त्यस्तै कर्मचारीले कुनै पनि बैठकको भत्ता नलिने निर्णय…

Read More

झापा, १ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले जानकारी दिए । त्यस्तै असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टिकाको शुभसाइत रहेको छ । वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू१. वि सं. २०८२ साल असोज ६ गते सोमबार– नवरात्रारम्भ, घटस्थापना बिहान ९:१३ बजे२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलबार– झण्डा फेर्ने, बिहान ९:५३ बजे (पूर्व मोहडा)३. वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा ।४. वि.सं. २०८२ साल असोज १३ गते सोमबार– फूलपाती, श्री…

Read More

झापा, १ असोज । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय…

Read More

झापा, १ असोज । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक…

Read More

झापा, ३१ भदौ । अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले ध्वस्त सिंहदरबार पुनर्निर्माणका लागि एक लाख एक सय रुपैयाँ दिएका छन् । सिंहदरबार जल्दा आत्मा जलेको भन्दै उनले आत्मसन्तुष्टिका लागि सो रकम प्रदन गरेको बताएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची पुगेर अधिकारीले सो रकम हस्तान्तरण गरेका हुन् । उनले खुर्सानी, काँक्रा, टिमुर, फर्सी लगायत तरकारी बेचेर जम्मा गरेको रकम ‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै सरकारलाई बुझाएको बताएका छन् । खोटाङमा जन्मिएका अधिकारी हाल अर्घाखाँचीको सीतापुरमा व्यावसायिक कृषि गर्दै आएका छन् ।

Read More

झापा, ३१ भदौ । निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीको म्यानपावर व्यवसायीमार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने योजना नयाँ सरकारले रोक लगाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्णय सार्वजनिक गर्दै सरोकारवालालाई जानकारी गराएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीको निर्णय शंकास्पद देखिएपछि प्रारम्भिक छानबिन गर्दै मन्त्रालयलाई पत्राचार गरेको थियो। उजुरीहरूमा मन्त्रीले निजी व्यवसायीबाट लाभ लिएर श्रमिक पठाउने अनुमति दिन खोजेको आरोप लगाइएको छ । हालसम्म नेपाल र कोरियाबीचको जीटुजी सम्झौता अनुसार इपीएस प्रणालीमार्फत ई–९ भिसामा साधारण श्रमिक पठाउने गरिँदै आएको छ । सरकारले निजी क्षेत्रमार्फत ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि अघि बढाए पनि त्यसले…

Read More

झापा, ३१ भदौ । जापनिज इन्सेफलाइटिस (जेई) बाट देशभर २७ जनाको मृत्यु भएको छ । जसमा कोशी प्रदेशका ४ जना छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका ४० जिल्लाका १४१ जनामा जेई पुष्टि भएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशका ९ जनाको मृत्यु भएको छ भने मधेषमा ३, बागमतीमा ४, गण्डकीमा ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा १–१ जनाको मृत्यु भएको छ । जापनिज इन्सेफलाइटिस नामक भाइरसका कारण लाग्ने जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो भाइरसबाट सर्ने सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ ।

Read More

फिल्म ‘खुस्मा’को चर्चित गीत ‘रुकुम मैकोट’को लोकप्रियता अझै रोकिएको छैन । युट्युबमा रिलिज भएको १ वर्ष बितिसक्दा पनि युट्युबमा यसले लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ । यो समाचार लेख्दासम्म यो गीतको युट्युब भ्यूज १५ करोड नाघेको छ । २०८१ माघ २४ गते यो गीतले सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड राखेको थियो । यो गीतले डेढमहिनासम्म युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीतको समेत रेकर्ड राखेको थियो । सम्भवतः यो गीत सर्वाधिक टिकटक भिडियो निर्माण हुने नेपाली गीत बनेको अनुमान छ । यो गीतमा एसडी योगीको संगीत, योगी र शान्तिश्री परियारको आवाज र सुरेन्द्र रानाको शब्द छन् ।…

Read More