
झापा, १ असोज । सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । नयाँ सरकारले खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने भएको हो ।
मंगलबार सिंहदरबारमा बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । बैठकले अनलाइन सेवालाई विस्तार गर्ने, खर्च कटौती गर्दै मितव्ययी बन्ने र अत्यावश्यक बाहेकका कर्मचारी कटौती गरेको एक सचिवले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ । सचिवहरूको बैठकले सरकार मातहतका सबै कार्यालयले तालिम, गोष्ठीहरू सरकारी भवन र हलमै गर्नुपर्ने निर्णय गरेको छ। त्यस्तै कर्मचारीले कुनै पनि बैठकको भत्ता नलिने निर्णय पनि सचिवको बैठकले गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



