
फिल्म ‘खुस्मा’को चर्चित गीत ‘रुकुम मैकोट’को लोकप्रियता अझै रोकिएको छैन । युट्युबमा रिलिज भएको १ वर्ष बितिसक्दा पनि युट्युबमा यसले लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ ।
यो समाचार लेख्दासम्म यो गीतको युट्युब भ्यूज १५ करोड नाघेको छ । २०८१ माघ २४ गते यो गीतले सबैभन्दा छिटो १० करोड भ्यूज पाउने नेपाली गीतको रेकर्ड राखेको थियो ।
यो गीतले डेढमहिनासम्म युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीतको समेत रेकर्ड राखेको थियो । सम्भवतः यो गीत सर्वाधिक टिकटक भिडियो निर्माण हुने नेपाली गीत बनेको अनुमान छ ।
यो गीतमा एसडी योगीको संगीत, योगी र शान्तिश्री परियारको आवाज र सुरेन्द्र रानाको शब्द छन् । लोकलय र मनछुने शब्दको कारण यो गीतलाई धेरैले रुचाए । गीतमा धीरज मगर र उपासनासिंह ठकुरीले अभिनय गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

