झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० मंसिर । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी…

Read More

झापा, २० मंसिर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाईंले मुलुकको सहकारी क्षेत्र समस्याग्रस्त रहेको तर सुधारको विकल्प नभएको बताउनु भएको छ । शुक्रबार झापाको बिर्तामोडमा सम्पन्न बचत ऋणको कारोबार गर्ने झापाका ठूला सहकारी संस्थाका प्रतिनिधिहरुसँगको अन्तरसम्वादमा उहाँले मुलुकमा कति सहकारी छन्, त्यसको आधिकारिक तथ्यांकसमेत नभएको टिठ लाग्दो तथ्य उजागर गर्नुभयो । ” सहकारी क्षेत्र समस्या ग्रस्त छ, सहकारीको आधिकारिक तथ्यांक नै छैन” उहाँले भन्नुभएको, ” समस्या कस्तो होला यसले नै पुष्टि हुन्छ, पुरानो तथ्यांकको भरमा कार्यसम्पादन गर्नु पर्ने बाध्यता छ, तर समग्र सहकारी क्षेत्रको सुधार नगरी सुखै छैन ।” सहकारीको नयाँ तथ्यांक संकलन र वास्तविक अवस्थाको…

Read More

हिल्दबारी, १९ मंसिर । स्व. जगत बहादुर तथा नरमाया वन स्मृति प्रतिष्ठानद्वारा आयोजित दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि हल्दिबारी वडा नं. ५ ले जितेको छ । हल्दिबारी माध्यमिक विद्यालयको खेल मैदानमा मंसिर १९ गते भएको फाइनल खेलमा वडा नं. ३ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै हल्दिबारी वडा नं. ५ ले उपाधि रक्षा गरेको हो । गत मंसिर १७ गतेदेखि शुरु भएको प्रतियोगिताको समापनको अवसरमा हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा जनप्रतिनिधिको टिमले १–० को जितेको थियो । प्रतियोगिता उद्घाटन हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्य एवम् समापन कार्यक्रम प्रदेश सभा सदस्य छवि चुडालको…

Read More

झापा, १९ मंसीर । बिर्तामोड उद्योग वाणिज्य संघको ४४ औं वार्षिकोत्सव तथा स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संघका अध्यक्ष न्यौपानेले पहिलो पटक औपचारिक रूपमा वार्षिकोत्सव मनाइएको उल्लेख गर्दै २०३८ सालमा स्व. मन्तुराम जलानको अध्यक्षतामा स्थापना भएको संघलाई आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याएका पूर्व अध्यक्षप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रमले संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन…

Read More

बिर्तामोड, १९ मंसीर । अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजार सडक आसपास रहेका बोटबिरुवामा रंगरोगन गरिएको छ । सहारा नेपालको आयोजना तथा ग्लोवल लनिङ ल्याव, इन्टरनेशनल भोलेन्टियर्स इयर २०२६, र बिर्तामोड नगरपालिका वडा नम्बर ३ को सहयोगमा बोटविरुवाका हाँगा काटेरर सरसफाई गरी ती बोटविरुवामा रंगरोगन गरिएको हो । कार्यक्रममा सम्बोधन गर्दै बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बिर्ताबजार सडक आसपासमा करिव २ बर्षअघि लगाइएका बोटविरुवाहरुको हाँगाहरु काट्ने र त्यसमा रंगरोगन गरेर सुन्दर बनाउने बताए । उनले सहारा नेपालको आयोजनामा भएको राम्रो कार्यमा सवैलाई सहभागीता जनाउन आग्रह गरे । सहारा नेपालले…

Read More

झापा, १९ मंसिर । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित रातो पुलमा आगलागि हुँदा रू ९० लाख बराबरको क्षति भएको छ । यहाँस्थित सन्तोष साहुको दुईतले पक्की घरको भुईँतलामा रहेको हार्डवेयर पसलमा शुक्रबार राति विद्युत सर्ट भई आगलागी हुँदा रू ९० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । आगलागीबाट पसलभित्र रहेका सिमेन्टका बोरा, टिनका बण्डल, कलर पेन्ट, पुटिङ सिमेन्ट, झ्याल–ढोका, भर्‍याङमा प्रयोग हुने अल्मुनियम, प्लाई लगायतका हार्डवेयर सामग्री जलेर नष्ट भएका छन् । आगलागी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका तथा मेचीनगर नगरपालिकाका दमकलको सहयोगमा नियन्त्रणमा…

Read More

झापा, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छदफल गर्दै आएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेस केन्द्रित दलले…

Read More

झापा, १९ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८० रुपैयाँ ३६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर…

Read More

झापा, १९ मंसिर । भारत र नेपालका गौतमहरु भेला भएर झापाको कोटिहवनमा बिहीबार उद्यौली पर्व (धान्य पूर्णिमा) धुमधामका साथ मनाएका छन् । सो अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरिएको गौतम समाज झापा केन्द्रीय समितिले जनाएको छ । समाजले २०८२ मा कक्षा १२ को परीक्षामा झापाबाट सर्वोकृष्ट अंक ल्याउने गौतम सन्तानद्व्य पूजा गौतम र आदित्य गौतमलाई नगदसहित सम्मान गरेको छ । दमक नगरपालिका – ३ का पूजा र अर्जुनधारा नगरपालिका – ६ का आदित्यलाई जनही पाँच हजार, दोसल्ला र प्रशंसापत्र प्रदान गरिएको छ । समाजले सो अवसरमा किड्नी दाताद्वय भारत मणिपुरका मुक्ति गौतम र झापा धरमपुरका होमप्रसाद गौतमले गरेको उच्च मानवीय सेवाका…

Read More

शिवसताक्षी, १९ मंसीर । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम २०८२ शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ ।प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समिति र किराँत थाक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले जानकारी दिए । चासोक तङ्नामको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले सबै समुदायहरुलाई एकै स्थान जम्मा गरी मौलिक पर्व चासोक तङ्नामलाई उत्सवको रुपमा मनाउनका निमित्त कार्यक्रमको आयोजकलाई जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन्…

Read More