झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ । यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ । १. फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्दत गर्छ । २. फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ । ३. फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ । ४. यसको सेवनले बढी तौल भएका ब्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ । ५. फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै…

Read More

झापा, १६ मसिर । झापाको झापा गाउँपालिका–४ चौधरी बस्तीबाट चोरी गरिएको मोटरसहित एक युवक पक्राउ परेका छन्। मङ्गलबार बिहान करिब ६ः५० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी सहायक निरीक्षक दिनेश कुमार माझीको कमाण्डमा रहेको पाँच जनाको गस्ती टोली तथा सशस्त्र प्रहरी बल बिओपी टाघण्डुब्बाबाट स.प्र.ह गणेश बहादुर गुरुङको नेतृत्वमा खटिएको पाँच जनाको मोसा गस्ती टोलीले संयुक्त रूपमा उनको पक्राउ गरेको हो। गस्तीका क्रममा नेपालतर्फ चोरी गरी भारततर्फ साइकलबाट लग्दै गरेको अवस्थामा कनकाई नगरपालिका–४, सुरुङ्गाका करिब २७ वर्षीय अशोक मगरलाई शंका लागेर रोकि चेकजाँच गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा मगरको साथबाट ८०×८० mm I/s–११ साइजको मोटर फेला परेपछि उनलाई…

Read More

झापा, १६ मंसिर । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ३५ रुपैयाँ थियो ।

Read More

विराटनगर, १६ मंसिर । मोरङ र उदयपुरको बिभिन्न स्थानहरुबाट मंसिर १५ गते प्रतिबन्धित लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–११ का बिजय तोलाङ्गीको घर कोठाबाट लागू औषध ट्रामाडोल १८० क्याप्सुल र स्पास्पेन १७० ट्याब्लेट बरामद गरी पक्राउ गरेको हो । मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १.००२.००४ह २५४० नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित सिटि चालक जहदा गाउँपालिका–७ का २० बर्षीय शसी मण्डललाई नियन्त्रणमा लिएको हो । यसैगरी उदयपुरको प्रहरी चौकी लालपताबाट गस्तीमा खटिएको प्रहरी…

Read More

बितामोड, १५ मंसीर । आबद्ध बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड-५ को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा आज संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश) को अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख अतिथ्यमा साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थापक सदस्य सम्मान, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारी, एसईईमा उत्कृष्ट विद्यार्थी, विपन्न सदस्यलाई सहयोग तथा सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक सदस्य केशवराज दाहाल (शेयर नं १७), उत्कृष्ट बचतकर्ता शैलेजा अधिकारी, सीतादेवी थेगिम, रिवाज वाग्ले, बेजा राजवंशी, मञ्जु लिम्बु, खैरून मियानी, पदमा घिसिङ, प्रकाश ओझा, रक्षा राई, श्री प्रसाद…

Read More

झापा, १४ मंसिर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० बर्षीय देवराज खड्का र ३२ बर्षीया सुस्मिता राईलाई ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी, हिजो राती अस्थाई प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थानका २३ बर्षीय साबिर मियालाई ब्राउन सुगर १०० मिलिग्राम र बेलबारी नगरपालिका ११ बस्ने ३२ बर्षीय निशान मगरलाई ब्राउन सुगर ३२० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका चारै…

Read More

सविता पाण्डे इलाम, १३ मंसिर । इलाममा शनिबार भएको सवारी दुर्घटनामा परी  दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी इलाम नगरपालिका ९ गोलबस्ती बस्ने २६ बर्षका डेविट थापा मगर र माईजोगमाई गाउँपालिका १ नयाँबजार घर भई इलाम बजार बस्ने १८ बर्षका छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका सुचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनु भएको छ । करीब ३ बजे मेचिराजमार्गको इलाम नगरपालिका ९ भञ्ज्याङ गोलाईमा झापाबाट इलाम तर्फ आउदै गरेको ट्रक र बिपरित दिशा तर्फ जादै गरेको स्कुटर दुर्घटना भएको थियोे । १-०१-००१ ख ४१०१ न.को ट्रक र प्रदेश १-०१-०१२ प ४८९९ न.को स्कुटर दुर्घटना हुँदा…

Read More

सुनसरी, ११ मंसिर । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उप–महानगरपालिका–३ का २९ बर्षीय विजय लिम्वु, इटहरी–५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ बर्षीय आभाष कार्की, इटहरी–४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी–४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन । घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा…

Read More

जकार्ता, ११ मङ्सिर । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६।६(परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण ९युएसजिएस०ले जनाएको छ । युएसजिएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११स्५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ । भूकम्पपछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको “कुनै खतरा” नभएको बताएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बिएमकेजी)ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ । इन्डोनेसिया, दक्षिणपूर्व एसियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित…

Read More

वासिङ्टन, ११ मङ्सिर । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गर्नु भएको छ । राष्ट्रपति ट्रम्पद्वारा भिडियो सन्देशमार्फत गरिएको यो अभिव्यक्तिले अमेरिकी सैन्य तैनाथी, आप्रवासन नीति र अफगानिस्तान युद्धको दीर्घ प्रभावजस्ता राजनीतिकरूपमा संवेदनशील मुद्दालाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ । ट्रम्पका अनुसार आक्रमण ‘दुष्ट, घृणित र राष्ट्रविरुद्धको’ थियो । ह्वाइट हाउसबाट मात्र दुई ब्लक टाढा गोली चलाएपछि पक्राउ गरिएका व्यक्ति ‘अफगानिस्तानबाट प्रवेश गरेका विदेशी’ भएको उहाँले दाबी गर्नुभयो । सन्दिग्ध सन् २०२१ मा अफगानिस्तान पतनपछि अमेरिकी निकासी…

Read More