झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १३ भदौ । नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ मातहतको कमिटिमा पठाएको सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भइसक्नु भएका कमरेडहरुको नाम समानुपातिक उम्मेद्वारमा सिफारिस गर्न पाइने छैन ।’ सर्कुलरमा सबै उम्मेद्वारहरुको सिफारिस सम्बन्धीत समिति बैठकको मान्युट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न…

Read More

झापा, १३ भदौ । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ । उज्यालो नेपालका पूर्वअध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरेको र हात्ती आउँदा बजेको सो मेसिनको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ । साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र…

Read More

विराटनगर, १३ भदौ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीको सम्मान तथा बिदाइ गरिएको छ । सङ्घीय सरकारको कृषि मन्त्रालयमा सरुवा भएका पराजुलीको आइतबार एक कार्यक्रमको आयोजना गरी उज्ज्वल भविष्यको कामना गदै मन्त्री केदार कार्की लगायत मन्त्रालयका कर्मचारीहरूले बिदाइ गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनताका काम गर्नका लागि सचिव पराजुलीसंगको सहकार्य सुखद रहेको बताउनुभयो । शान्ति सुरक्षा, विकाश निर्माण, विपद व्यवस्थापनको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । ’विपद्को वेला नागरिकलाई सुरक्षित स्थानमा सार्ने होस या राहत व्यवस्थापनको काम यसपालि हामीले कुनै ढिला गरेनौँ, मन्त्री कार्कीले भन्नुभयो, विपक्षीले सदनमा कुरा नउठाउँदै राहत पुगिसकेको…

Read More

झापा, १३ भदौ । नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् । यसैगरी, बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णयसमेत बैठकले गरेको छ ।

Read More

झापा, १२ भदौ । आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताए । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो। तर न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ। आयोगले ८५० मेट्रिक टन कागज खरिद गर्न लागेको हो। उहाँका अनुसार चारवटा आपूर्तिकर्ताले प्रस्ताव पेस गरेका थिए। तर चारवटैको प्रस्तावित मूल्य…

Read More

झापा, ११ भदौ । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन पाँचवटा मापदण्ड तोकेको छ । शनिबार सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेशसभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिँदै मापदण्ड तोकेको हो । जसमा पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता भएको, लोकप्रियता र विजयको सुनिश्चितता भएको, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान दिएको, सन्तुलन र समावेशीता मिलेको तथा निर्वाचन कानुन बमोजिमको योग्यता भएको हुनुपर्ने मापदण्ड बैठकले तय गरेको हो । क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित…

Read More

झापा, ११ भदौ । २०७८ सालको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदयका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको कुन्दा दिक्षितले जानकारी दिएका हुन् । त्यस्तै मदन पुरस्कार ‘अग्‍नि’ पुस्तकका लागि डा नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरिएको दिक्षितले बताएका छन् ।

Read More

शर्मिला पुरी झापा, ११ भदौ । देशभरी छरिएर रहेका भारती बन्धुहरुलाई एकताबद्ध गर्ने उदेश्यले भारती बन्धुको राष्ट्रिय भेला भएको छ । आफ्नो परम्परागत धर्म, संस्कृति, रितिरिवाज, रहनसहनको जर्गेना गर्ने लक्ष्यका साथ भएको भेलाले अध्यक्षमा उमेश भारतीलाई चयन गरेको छ । झापाको कनकाई नगरपालिका वडा नम्बर ४ स्थित कोटीहोममा शनिवार ९आज० भएको भारती बन्धुहरुको प्रराम्भिक भेलाले राष्ट्रिय तदर्थ समिति गठन गरेको हो । भेलाले उपाध्यक्षमा ध्यानबहादुर भारती, मदन भारती, सुर्यमान भारतीलाई चयन गरेको छ भने महासचिब बिमल भारती, सचिवमा डम्बरबहादुर भारती र कोषाध्यक्षमा तीर्थ भारतीलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा निर्मल भारती, हरि भारती, मुरारि भारती, लोकबहादुर भारती, सरिता भारती,…

Read More

विराटनगर, ११ भदौ । आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा पनि गुरुकुलमा मञ्चन भएको थियो । पुनः ‘खरानीको डोरी’ को माग आएकाले प्रस्तुत गर्न लागिएको उनले बताए । उनले भने, ‘त्यतिखेर पनि धेरैले नाटक रुचाउनु भएको थियो । फेरी पनि विभिन्न संघसस्था र ब्यक्तिहरूले यहि नाटकको प्रस्ताब गर्नुभयो । त्यसैले…

Read More

बनियानी, ११ भदौ । झापाको झापा गाउँपालिकामा धारिलो हतियार प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राति १०ः१० बजे झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले मादक पदार्थ सेवन गरी ३५ वर्षीय श्रीमती तालामाई हास्दाको कोखामा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More