
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० भदौ । पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ को नमुना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३९४३ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।
बिर्तामोड, १० भदौ । नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले देश, जनताको संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार झापामा शुरु भएको ‘जनतासँग कांग्रेस अभियान’ लाई लक्षित गर्दै नेपाली कांग्रेस झापा क्षेत्र नं–२ ले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो एमालेले सरकारमा रहँदा गरेको भ्रष्टाचार र राज्य आतंकबाट मुलुकलाई मुक्त गराउन माओवादीसहितका दलहरुसँगको सहकार्यलाइ निरन्तरता दिनुपर्ने बताउनुभएको हो । गठबन्धन दलबीच सिट बाँडफाँडबारे छलफल जारी रहेको जानकारी दिदै उहाँले सिट बाँडफाँडपछि मात्रै उम्मेद्वारका विषयमा छलफल हुने बताउनुभयो । पार्टीभित्रको अन्तरविरोध विर्सिएर गठबन्धन दलका उम्मेद्वारहरुलाई जिताउन एकताबद्ध रुपमा…
मोरङ, १० भदौ । मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार बिहान बिराटनगर महानगरपालिका–११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका बिहारीको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धरान, १० भदौ । भोजपुरको सानोदुम्बा-५ घर भई धरान-१३ बस्दै आएका ४१ बर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । बिहीवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको तथा घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, १० भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन फास्ट ट्र्याकमार्फत ल्याउने तयारी गरे पनि सत्तारूढ दलबीचमा नै सहमति कायम हुन नसक्दा ऐन आउने बाटो अवरुद्ध भएको छ । जसका कारण चालू संसद् अधिवेशनमा संघीय निजामती सेवा ऐन आउने सम्भावना अत्यधिक न्यून हुँदै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेसका अधिकांश सांसद हालको प्रस्ताविक संघीय निजामती सेवा विधेयकमा रहेका प्रावधानविरुद्ध रहेपछि संघीय निजामती सेवा ऐन तत्काल आउने बाटो अवरुद्ध भएको हो । प्रधानमन्त्री देउवा प्रदेश र स्थानीय तहमा केन्द्रकै कर्मचारी पठाउनुपर्ने अडानमा रहेपछि संघीय मामिला तथा सामान्य…
भद्रपुर, १० भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट बिहीबार विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बिहीबारसम्ममा थप खेलका खेलाडी छनोट भएका हुन् । फुटबलतर्फ पुरुष टिममा देवान भुजेल र विकल्प पौडेल गोलकिप्परका रुपमा छनोट भएका छन् भने फरवार्डमा प्रदीप बुढाथोकी, अभिषेक श्रेष्ठ, समुएल तामाङ र शान्तिराम वस्नेत, मिडफिल्डरमा मिलन राई, सौगात गोम्देन, सुरज नेम्बाङ र जेम्स लिम्बू तथा डिफेन्समा विकास राई, प्रमोद चौधरी, दिनेश मुर्मु, दिवस उराउ, कृष्ण गिरी र पेमा तामाङ छनोट भएको फुटबलका संयोजक भगिरथ आलेले…
झापा, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । शाहले धनुषा साबिक पिडारी–५ स्थित किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव तथा प्रलोभनमा पारेर आफ्नो नाममा दर्ता गरेको पाइएपछि मुद्दा…
झापा, १० भदौ । नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनस् पारित गरेको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७१ पेस गर्ने तयारी छ। प्रतिनिधिसभाले विधेयक पारित गरेको सन्देश राष्ट्रियसभामा पेस भएपछि त्यसमा सैद्धान्तिक छलफल गरिनेछ। सैद्धान्तिक छलफलपछि विधेयकलाई स्वीकृत गरी समितिमा पठाउने तयारी छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विधेयक गए दफावार छलफल हुनेछ। समितिमा छलफल भएपछि प्रतिवेदन तयार गर्न दुई साताजति समय लाग्न सक्छ। समितिले नागरिकता विधेयक प्रतिवेदन तयार पारेर पठाएपछि निर्णयार्थ राष्ट्रियसभामा प्रस्तुत गरिनेछ । राष्ट्रियसभाबाट पारित…
झापा, १० भदौ । ‘चुनाव भड्कलो बन्यो। उम्मेदवारले धान्नै नसक्ने खर्चिलो बन्यो’ भन्ने मतदाता र उम्मेदवार गुनासो गर्छन्। यसैलाई मध्यनजर गरेर चुनावी खर्चलाई घटाउन निर्वाचन आयोगले नयाँ उपायहरू खोज्दैछ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोजिएको उपाय कार्यान्वयन गर्ने सोच आयोगको रहेको निर्वाचन अधिकारी बताउँछन्। यसका लागि निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आयोगसँग भएको निर्वाचन आचारसंहिता परिमार्जन गर्न लागिएको छ। आयोगका अनुसार चुनाव प्रचारप्रसार अवधि घटाउनेदेखि घरदैलोमा परिचालन गरिने संख्यालाई पनि नियन्त्रण गर्ने नयाँ व्यवस्था ल्याउन लागिएको छ। उम्मेदवारले मानोनयन गर्दा सम्पत्ति वितरण, निर्वाचन खर्चको स्रोत र आफ्नो पूरा विवरण पनि पेस गर्नुपर्ने आयोगले नयाँ प्रवधान बनाउन लागेको…
झापा, १० भदौ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको अध्यक्षमा राजकुमार राजवंशी निर्वाचित भएका छन् । बिहीवार भएको परिषदको तेस्रो नगर अधिवेशनबाट अत्यधिक मत ल्याई राजवंशी निर्वाचित भएका हुन् । राजवंशी समाज विकास समितिका प्रतिनिधि राजवंशीले ११ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेवा देय दवुका छत्रबहादुर श्रेष्ठले मात्र एक मत प्राप्त गर्नु भएको थियो । निर्वाचनमा नगरका १२ वटा जातीय संस्थाले भाग लिएको थियो । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र चौधरी , कविता मगर , सचिव सन्तोष बेघा लिम्बू , सहसचिव दिलकुमार मुखिया , निताई सोरेन ,लीलाबहादुर गुरुङ र कोषाध्यक्षमा गणेशबहादुर तामाङ चयन हुनु भएकाे छ । त्यस्तै सदस्यहरुमा सुकु…