झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ भदौ । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले त्यो भन्दा तल्लो निकायमा आगामी निर्वाचनहरुमा उम्मेद्वार बन्न नपाउने गरी विधि बनाउन प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको बैठकले मातहत निकायबाट सिफारिस भइआएका प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नामावली उपल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो । संघ र प्रदेशमा क्षेत्रीय समितिबाट प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस भइआएका आकांक्षी उम्मेद्वारहरुले आफ्नो नाम फिर्ता लिन चाहेमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा २०७९ भदौ १९ गते १ बजेभित्र आफै उपस्थित भइ निवेदनमार्फत नाम फिर्ता लिन सकिने समय…

Read More

झापा, १७ भदौ । पहिलो एक दिवसीयमा ७ विकेटको जित हात पारेको नेपालले आज दोस्रो एकदिवसीय खेल्दैछ । आज नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीय क्रिकेट खेल्न लागेको हो । नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ । यसअघि ५ खेलको टी २० सिरिज नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो ।

Read More

एक ५४ वर्षकी थाई महिला दुर्घटनावश घरको शौचालयमा थुनिइन् । सहायताका लागि ढोकामा हानिन् कसैले सुनेनन् । उनको रुवाई, चित्कारको आवाज पनि कसैको कानमा परेन । थाकिन् र शौचालयभित्रै मृत्युको प्रतीक्षा गरिन् । बैंकककी यी महिलाको नाम थाई मिडियाले सार्वजनिक गरेको छैन । उनी २२ अगस्टमा आफ्नो घरको शौचालय गइन् तर त्यसपछिको तीन दिनसम्म उनी त्यहाँ नै थुनिन्छिन् भन्ने उनले सपनामा पनि सोचेकी थिइनन् । उनले ढोका बन्द गर्ने बित्तिकै बिग्रिएको ढोकाले उनको शौचालयलाई जेलमा परिणत गरिदियो । उनले त्यतिबेला मोबाइल फोनसमेत लगेकी थिइनन्, खानेकुरा र पानीको त कुरै नगरौँ । थुनिएको थाहा पाएपछि उनले ढोकामा बेस्सरी हानिन्, चिच्याइन् तर…

Read More

झापा, १८ भदौ । काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो। वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो। उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ। फोहोरको दुर्गन्धका कारण हिँड्नै नसक्ने सडकपेटी, चोक र गल्ली सफा भएका छन्।” भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बन्चरेडाँडाका बासिन्दाबीच भएको चारबुँदे सहमतिपछि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो। काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहका…

Read More

झापा, १८ भदौ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै छलफल नभएको दाबी गरेको छ ।मन्त्रालयका सूचना अधिकारी कमलकुमार भट्टराईले चिनी खरिदको फाइल आएको छ तर यसको प्रक्रिया अहिलेसम्म अगाडि बढेको जानकारी नभएको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत…

Read More

झापा, १८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आइतबार पनि प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका…

Read More

झापा, १७ भदौ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नाम सर्वसम्मत सिफारिस भएको छ। नेपाली कांग्रेस भद्रपुर नगर समितिको कार्यालयमा शुक्रबार बसेको ३ नम्बर क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेता सिटौलाको नाम सर्वसम्मत सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए।  त्यस्तै बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुको नाम सिफारिस गरिएको उनले बताए। त्यस्तै प्रदेश सभा सदस्य (क) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन बिमली, भगीरथ पोद्दार र भरत प्रसाईँको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। नेता सिटौला ७औं पटक यस क्षेत्रबाट उठ्न लागेका छन्। २०४८ सालको…

Read More

भद्रपुर, १७ भदौ । झापाको मेचीनगर नगरपालिकामा आज जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–५ की ३४ वर्षीय सम्झना श्रेष्ठको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेकी उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । जंगलबाट आएको हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा उपचारको क्रममा आज बेलुकय ६ः३० बजे मृत्यु भएको उहाँले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Read More

विर्तामोड, १७ भदौ । नेपाल विद्यार्थी संघ कनकाई क्याम्पस इकाई समितिको आयोजनामा शुक्रबार आज क्याम्पस परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापामा दिनप्रतिदिन बढ्दै गइरहेको रगतको चरम अभाव हुन नदिन सामाजिक उत्तरदायित्व बहन गर्दै कन्काई कलेज इकाईले रक्तदान कार्यक्रम आयोजना गरेको कलेजका नेविसंघ सभापति किरण गुरुङले बताए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य एवं महाधिवेशन प्रतिनिधि छत्र गिरीको विशेष आतिथ्यमा रहेको थियो । नेविसंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेती, भोजराज सिटौला, सुरेश चापागाई, पोसराज कटुवाल, सञ्जय राई लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो । किरण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी विर्तामोड…

Read More

झापा, १७ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवार मन्त्रालयले सहकारी संघ, संस्थाहरुलाई अनिवार्य रुपमा एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा प्रविष्टित हुन आग्रह गरेको हो । एक सूचना जारी गर्दै यसो नगरिए अब संस्थाले जारी गरेको कर्जाको धितोबापत ऋणीहरुको जग्गाको रोक्का तथा फुकुवा समेत नहुने मन्त्रालयले जानकारी दिएको छ । ऋणीको जग्गा रोक्का तथा फुकुवा गर्न आउने सहकारी संस्थाले कोपोमिसमा आवद्ध भएको प्रमाण समेत पेश गर्नुपर्ने बताएको छ । भदौ १० गतेको सहकारी विभागको अनुरोधसहितको पत्र पश्चात मन्त्रालयले यस्तो कदम चालेको हो । यसअघि सहकारी विभागकै अनुरोधमा आन्तरिक राजस्व विभागले कोपोमिसमा प्रविष्टित नहुने सहकारी संघ, संस्थाहरुलाई कर चुक्ताको…

Read More