
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ भदौ । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ। नेपालले गत आर्थिक वर्ष २०७८–०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ। भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो । गत आवमा चीनबाट स्याउ आयात २।८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७–०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो भने त्यसअघिको वर्षमा ३ अर्ब…
झापा, १५ भदौ । अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन् । तर, यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिङ आंशिक रूपमा सफल भएको छ । सरकारले गत वैशाख दोस्रो सातादेखि १० वटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। जसमध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध सरकारले हटाएको छ भने ४ वटामाथिको प्रतिबन्ध कायम राखेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले महँगा सवारीसाधन, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो। यस्तै ३४ इन्चभन्दा माथिका रंगिन टेलिभिजन, हीरा, चुरोट तथा सुर्तीजन्य वस्तु, कुरकुरे,कुरमुरेरलेज,खेलौना एवं तासको आयात…
झापा, १५ भदौ । प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान कार्यालयले संख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृति मागेको थियो । अर्थ मन्त्रालयले गत आइतबार माग भएभन्दा ५ हजार संख्या कम गरेर १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो । गृह मन्त्रालय प्रवक्ता फणीन्द्रमणि पोखरेलले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि अर्थ…
झापा, १५ भदौ । सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति दर्ता हुने दाबी व्यवसायीको छ । सिन्डिकेट हटाउन सर्वोच्च अदालतले २०६७ माघ १९ गते ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई एकाधिकार कायम हुने, सिन्डिकेट, कार्टेलिङ र त्यस्ता अन्य कुनै पनि रूपका क्रियाकलाप सञ्चालन नगर्नू, नगराउनू’ भन्ने परमादेश जारी गरेको थियो । सङ्घ संस्था दर्ता ऐन २०३४ बमोजिम गैरनाफामूलक सङ्घ संस्था मात्र दर्ता हुनुपर्नेमा नाफामूलक व्यवसायीका पनि समिति दर्ता भई सिन्डिकेट कायम हुँदा सर्वसाधारण मर्कामा परेका…
झापा, १५ भदौ । आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन् । आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक,जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड छ । गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू मोदक बोकेर पुगेका छन् । कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैकै दिन गणेशको जन्म भएको शिव पुराणमा उल्लेख छ । हरितालिका…
झापा, १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे । उनले भने, “यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।” तर शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताए । शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताए । संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि…
मोरङ, १५ भदौ । मोरङको बिराटनगर महानगरपालिका–१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 7K 1724 नम्बरको ट्रयाक्टरमा करिब ३७ लाख मुल्य बराबरको विभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ…
झापा, १५ भदौ । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मंगलबार हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । झापाको बाह्रदशी–१ का ८० वर्षीय अधिकारीलाई मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गरेको थियो । घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा साँझ ५ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यलय प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
झापा, १४ भदौ । झापाको ‘सेतो बाघ’ भनेर चिनिने पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी यस पटक गठबन्धनबाटै झापा क्षेत्र नं २ मा उम्मेद्वार बन्ने सम्भावना छ । अघिल्लो पटक क्षेत्र नं ४ बाट निर्वाचित बुढाथोकी ७४ सालको निर्वाचनमा उम्मेद्धार भएका थिएनन् । पञ्चायत कालदेखि गणतन्त्रसम्म विभिन्न मन्त्रालय सम्हालेका उनी झापामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला पछि तेस्रो शक्तिशाली नेताको रुपमा चिनिन्छन् । बुढाथोकी आफ्नो पार्टी इत्तरका मतदाताहरुले पनि रुचाएका नेताका रुपमा चिनिन्छन् । उनलाई मतदाताले रुचाउने मुख्य कारण हो उनी दल र समुह नहेरी आफूले गर्न सक्ने सहयोग सबैलाई गर्दछन् । अर्को उनीमाथि…
मोरङ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले रेखा थापालाई मोरङ ३ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । राप्रपा नेतृ तथा नायिका थापाको गृहनगर सोही क्षेत्रको सुन्दरहरैंचा हो । राप्रपाका मोरङका अध्यक्ष माधव आचार्यले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको जानकारी दिए । उक्त क्षेत्रबाट नेपाली काँग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकाल लड्ने सम्भावना छ । थापासँगै सोही क्षेत्रबाट राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ । यस्तै मोरङको क्षेत्र नम्बर ४ बाट राप्रपाले नेता रवि रिजाललाई प्रत्यक्षमा सिफारिस गरेको छ । यस्तै सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (ख) मा भने जिल्ला अध्यक्ष…