झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ भदौ । आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफूखुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरेबापत ठूलो रकम बेरुजु देखाएको थियो। बेरुजु देखाए पनि यो प्रवृत्तिलाई स्थानीय तहका पदाधिकारीले निरन्तरता दिएको पाइएको छ। स्थानीय तहका पदाधिकारीले कानुनविपरीत नियुक्त गरेका स्वकीय सचिव र सल्लाहकारले बुझेको १० करोड २९ लाख रुपियाँ महालेखाले बेरुजु देखाएको छ। स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐनमा पदाधिकारीका लागि स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिने व्यवस्था छैन तर पनि…

Read More

झापा, ५ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका १ नं. वडा कार्यालयले पशुपालक कृषकलाई प्रोत्साह गर्न विभिन्न योजना बनाएको छ । वडास्तरबाटै पशुपालक कृषकलाई प्रोत्साहन गर्न प्रतिफलमुखी कार्यक्रम ल्याइएको वडाध्यक्ष अनिल वाग्लेले बताउनुभयो । उहाँका अनुसार गाई–भैंसीको निःशुल्क कृत्रिम गर्भधान, पशु बिमा, क्याल्सिमयमा सहुलियत लगायतका कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । पशु बिमा गर्न अभिप्रेरित गराउने उद्देश्यले गाई–भैंसीको बिमा गर्न चाहने कृषकलाई बिमा शुल्कको आधा रकम वडाले ब्यहोर्ने उहाँले बताउनुभयो । “कृषकलाई जतिसक्दो सेवा सुविधा दिएर व्यावसायिक बनाउने वडाको योजना छ”, उहाँले भन्नुभयो, “वडाबाट सम्भव हुने सबै काम गर्छौं ।” पशुलाई आवश्यक पर्ने क्याल्सियम सहुलियत दरमा उपलब्ध गराउन पनि वडाले सहजीकरण…

Read More

झापा, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरिको निधनले आफू स्तब्ध भएको बताएका छन् । गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको प्रचण्डले जनाएका हुन् । ‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ ।’ प्रचण्डले भनेका छन् ‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु । प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरिको उपचारका क्रममा गएराती निधन भएको थियो ।

Read More

झापा, ५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । आइतबार विहान ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’ उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार निधन भएको हो । उनी लामो समय घाँटीको क्यान्सरसँग लडिरहेका थिए ।

Read More

झापा, ५ भदौ । झापाको दमक नगरपालिका–४ चिया बगानमा हिजो बेलुकी कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Read More

कनकाई, ५ भदौ । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषि र पशुपालन क्षेत्रमा क्रान्ति ल्याइने बताउनुभएको छ । कनकाई नगरपालिका र हेपर प्रोजेक्ट नेपालको साझेदारीमा तथा अभियान नेपालको सहजिकरणमा नगरपालिकामा सञ्चालित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तरगत आव २०७८–०७९ मा भएका कार्यक्रमको सार्वजनिक सुनुवाईमा उहाँले त्यस्तो बताउनुभएको हो । ‘जनप्रतिनिधि नहुँदै कृषि र पशुपालन क्षेत्रमा अभियान चलाउने सोच थियो’, मेयर पोखरेलले भन्नुभयो, ‘त्यो अभियानले सार्थकता पाउँदै गएको छ । विकासलाई जोड्ने एउटा आधारशिला भनेको कृषि र पशुपालन क्षेत्र नै हो ।’ खुदुनाबारीका स्थानीय महिला जसरी बाख्रा पालन गरेर आत्मनिर्भर भएका छन् त्यसरी नै यहाँका महिलालाई स्वारोजगार बनाएर कनकाईलाई समृद्धितर्फ…

Read More

बिर्तामोड,४ भदौ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन आगामी भदौ  ११ गते बिर्तामोडमा हुने भएको छ। नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् झापाले शनिबार पत्रकार सम्मेलन गर्दै सातौं जिल्ला अधिबेशनको मिति सार्वजनिक गरेको हो। आगामी भदौ ११ गते बिर्तामोडको अतिथिसदनमा हुने सातौं जिल्ला अधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनुभयो ।  त्यसको लागि आवश्यक छलफल तथा तयारीमा लागेको पनि जानकारी दिनुभयो । अधिबेशनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापामा आवद्ध २४ वटा जातीय संघ संगठनका तर्फबाट…

Read More

झापा, ५ भदौ । पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ । प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा खोप दिइने छ। यसैगरी गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा…

Read More

झापा, ५ भदौ । कृषि तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ । हेफर इन्टरनेशनल मार्फत मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो । हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आईपुग्ने छन् । पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साँढे र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ । कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई…

Read More

झापा, ५ भदौ । सरकारदेखि अन्तर्राष्ट्रिय सङ्घरसंस्थाहरूले युवालक्षित कार्यक्रम सञ्चालन गर्दा हालसम्म युवाको उमेरमा एकरूपता आउन सकेको छैन । नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ, युवाका क्षेत्रमा क्रियाशील राजनीतिक तथा अन्य गैरसरकारी संस्थाहरू युवाको उमेर कति हो भन्ने कुरामा एकरूपता छैन । युवा नीतिमा १६ देखि ४० वर्षसम्म उमेर भएका नागरिकलाई युवा मानेको भए पनि विभिन्न सरकारी कार्यालयमै युवालक्षित कार्यक्रममा युवाको उमेर फरक–फरक पाइएको छ । सरकारी कार्यालयका युवालक्षित कार्यक्रममा नै नीतिमा तोकिएको उमेर समूहभन्दा माथिकालाई समेट्ने गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा वितरण छनोट मापदण्डमा समेत ६० वर्षसम्म उमेर कायम गरिएको छ ।…

Read More