
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ४ भदौ । होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश गरेको छ । हिकोलाले आज सातौँ वर्ष पूरा गरेको हो । बिर्तामोडका व्यवसायी, धार्मिक तथा सामाजिक व्यक्तित्व साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले छोरी मनिताको जन्मदिन पारेर २०७२ भदौ ४ गते होटल सञ्चालनमा ल्याएका थिए । तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले बिर्तामोडको पहिलो वान स्टार होटलका रुपमा स्थापना भएको होटल हिकोला हेरिटेजको उद्घाटन गरेका थिए । सीमावर्ती सहर काँकडभिट्टामा समेत २०७६ माघ २६ गते होटलको पहिलो शाखा खुलेको थियो । प्रदेश १ सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेज काँकडभिट्टाको उद्घाटन गरेका थिए । बाह्य पर्यटकको आगमनलाई ध्यानमा राखेर काँकडभिट्टामा…
झापा, ४ भदौ । बागलुङकमा बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्ने सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो। बागलुङ नगरपालिका वडा नं २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले बुद्ध विहारतिर लगेका थिए। स्थानीय र प्रहरीले उनीहरूलाई रोकेका थिए। प्रहरीको नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए। बालिकाकी आमा…
भद्रपुर, ४ भदौ । झापाको भद्रपुर–६ स्थित भानुचोकबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरले भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको एक लाख मूल्य बराबरको कपडा बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, मेचीनगर–६ बाट १४० केजी सुपारी बरामद गरेको छ । नेपालबाट भारततर्फ अबैध रुपमा लाँदै गरेको करिब ८५ हजार रुपैयाँ बराबरको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
झापा, ४ भदौ । गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गरेका निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउँछन्। डा. श्रेष्ठका बुझाइमा जुधेर पोथी गैँडा मर्नु अपवाद हो। यस्तै अपवादमध्येको एक घटना यो पनि हो। जङ्गलमा पोथी गैँडालाई भालेले सहवासका लागि आग्रह गर्दा नमानेपछि रिसले भाले गैँडाले जबर्जस्ती गर्न खोज्छ र एकापसमा जुधाइ हुँदा सक्ने पोथी भाग्छ र नसक्नेले आत्मसमर्पण गर्छ। यो घटनामा पोथी गैँडाले सहवास गर्न नमान्दा भालेको जुधाइले थिलथिल भएको गैँडा अन्तिममा मृत अवस्थामा…
झापा, ४ भदौ । बाँकेमा केन्द्रविन्दु भएर शनिबार राति १ः२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।
झापा, ४ भदौ । निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले सरोकारवालासँगको छलफलपछि आएका सुझावअनुसार थप केही व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । यसअघि उम्मेदवारले अचल सम्पत्तिको विवरण राख्ने व्यवस्था राखिएकोमा अब उक्त व्यवस्था परिमार्जन गर्न लागिएको हो। यो व्यवस्थापछि उम्मेदवारले चल, अचल सबै सम्पत्ति विवरण पेस गर्नुपर्ने हुन्छ। आचारसंहिता परिमार्जन गर्नुअघि आयोगले संशोधन गर्न लागेको विषयबारे राजनीतिक दलहरूसँग छलफल गर्नेछ। आचारसंहिता थप गर्ने विषयहरूमा राजनीतिक दलसँग आयोग पदाधिकारीले भदौ ६ गते…
बिर्तामोड, ३ भदौ । साहित्य चौतारीको शनिवारको मासिक साङ्गीतिक काव्यसभा राष्ट्रकवि माधवप्रसाद घिमिरेमा समर्पित हुने भएको छ । घिमिरेको दोस्रो स्मृति दिवसलाई साहित्य चौतारीले विशेष रुपमा मनाउन लागेको हो । साहित्य चौतारी स्थापनाकालको पहिलो प्रमुख अतिथि राष्ट्रकवि घिमिरे थिए । घिमिरेको बाहुलीबाट उद्घाटन भएको साहित्य चौतारीले स्थापनाको २३ औँ वर्षमा राष्ट्रियस्तरका प्रतिभा जन्माइसकेको छ । ‘साहित्य चौतारीको श्रीवृद्धिमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय छ’, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘हाम्रो शनिवारको मासिक सांगीतिक काव्यसभा उहाँको स्मृतिमा समर्पित हुनेछ ।’ सांगीतिक काव्यसभामा गायक चेतन चुडाललाई ‘सांगीतिक प्रतिभा सम्मान’ प्रदान गरिने संरक्षक श्रेष्ठले जानकारी दिए । गीत संगीतमा चुडालले दिएको योगदानको…
भद्रपुर, ३ भदौ । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा झापाको भद्रपुर–५ स्थित बजार क्षेत्रका मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । बर्सेनि जन्माष्ठमीको अवसरमा भद्रपुरमा मेला समेत लाग्ने गरेको छ । मेला भर्न ठूलो संख्यामा भक्तजन आएका छन् । पूजापाठसँगै मन्दिरहरुमा भक्तजनहरुले भजनकीर्तन र नाचगानसमेत गरिरहेका छन् ।
झापा, ३ भदौ । पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वाञ्चल दैनिकका स्तम्भकार तथा पत्रकार तीर्थराज खरेललाई पितृशोक परेको छ । खरेलका बुबा कनकाई नगरपालिका–४ निवासी ईश्वरीप्रसाद खरेलको ८२ बर्षको उमेरमा शुक्रवार बिहान निवासमै निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित खरेलको १९९७ साल कात्तिक २० गते जन्म भएको थियो । उनी सफल कृषकका रुपमा परिचित थिए । खरेलकी श्रीमती राधिकासहित तीन छोराबुहारीहरु तीर्थराज–संगीता, ईन्द्रप्रसाद–विष्णुमाया, भूमिप्रसाद–दुर्गा खरेल रहेका छन् । एक छोरी उषा (हुमा अधिकारी) र ज्वाइँ किरण अधिकारीसहित खरेलका चार नाति र तीन नातिनी रहेका छन् । खरेलको कनकाई आर्यघाटमा शुक्रबार नै दाह संस्कार गरिएको छ । दिवंगत…
झापा, ३ भदौ । उदयपुरको ताप्लि गाउँपालिका–१ स्थितमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । यारी खोलामा माछा मार्न गएकोमा ताप्लि–१ मादलेका ३५ वर्षीय नगेन्द्र राई खोलामा मृत फेला परेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली खटि मृतक शव पोष्टमार्टमका लागि कटारी अस्पताल पठाईएको र थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी हिजो मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बलबहादुर दर्जीको ८ बर्षीय छोरा अन्जान दर्जी साथीहरुसँग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।…