झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ भदौ । झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हजो  बेलुका ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०२-०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-११ झापाका २४ बर्षीय आकाश गिरीको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

भद्रपुर,९ भदौ । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर ५ स्थित मेची नदिको पुल छेउमा स्वागत बोड स्थापना गरेको छ सिमा नाका भारतवाट नेपाल प्रवेश गर्ने नागरिकलाइ स्वागत गर्ने उदेश्यले सो बोडको स्थापना गरीएको क्लवका पव्लीक इमेज कोअडिनेटर नितेश वर्माले वताउनुभयो । नगरपालिका र राज्यले गर्नुपर्ने काम क्लवले गरेकोमा नगर प्रमुखले क्लवलाइ धन्यवाद दिदै अन्य सामाजिक कार्यमा समेत नगरले क्लव सग हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो । भरखरै मात्र मेची पुलमा सडक वत्ति जडान गरी सिमा नाकालाइ उज्यालोे पार्ने कार्य वडाले गरेको र क्लवले स्वागत बोड स्थापना गरी थप सुन्दरता प्रदान गरेकोमा वडा अध्यक्ष वन्धु कार्किले वताउनुभयो । स्वागत बोड निर्माणमा करिव…

Read More

काठमाडौं, ९ भदौ । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ सम्म तलब हुनेगरी काम लगाइदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको…

Read More

विर्तामोड,०८ भदौ । नेपाल विद्यार्थी संघ कन्काई क्याम्पस बिर्तामोड इकाईको अधिवेशन सम्पन्न भएको छ । बुधबार कन्काई क्याम्पसमा सम्पन्न अधिवेशनबाट किरण गुरुङको सभापतित्वमा ५१ सदस्यीय कार्य समिति सर्बसम्मत रूपमा चयन गरिएको छ । समितिको उपसभापतिमा राजन अधिकारी, सन्जेश बुढाथोकी, सचिवमा विमल कट्टेल, मनु भटृराई , सहसचिवमा अनमोल तिम्लसिना , मनिसा हाङसरुम्बा , कोषाध्यक्षमा दिव्यकला कार्की रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा सम्पदा पोखरेल, अवान राणा मगर, सुमन ठाकुर, किशोर भट्टराई, दिक्षा लुइटेल, कपिल उप्रेती, आकृति चापागाई लगाएत रहेका छन् । कार्यक्रममा नेवि संघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती ,नेवि संघका केन्द्रीय सदस्य सन्तोष उप्रेती , महाधिवेशन प्रतिनिधि ऐलक्स मैनाली, झापा…

Read More

भद्रपुर, ८ भदौ । झापाको हल्दिबारी गाउँपालिकाबाट लागुऔषध ब्राउनसुरगर र नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी–४ का ३५ वर्षीय जेमिल महमद, बिर्तामोड–५ का २५ वर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ वर्षीय जम्सेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका हल्दिबारी–४ का जेमिल महमदलाई चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ९२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनलाई सोधपुछ गर्दा बिर्तामोड–५ का अर्जुन राजवंशी, भारत किसनगञ्जका जम्सेद आलम समेत संलग्न रहेको बयान दिएका थिए । उनको बयानको…

Read More

कचनकवल, ८ भदौ । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवलमा २७४ वटा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालित तीन दिने बन्ध्याकरण शिविरमा सातवटै वडाका ती कुकुरहरुको बन्ध्याकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिनुभयो । बन्ध्याकरण गरी पालिकामा सामुदायिक कुकुर नियन्त्रण गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो । नेपाल एग्री लाइभस्टक एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो ।

Read More

भद्रपुर, ८ भदौ । झापा भद्रपुर निवासी पत्रकार द्रोण अधिकारीलाइ पितृशोक परेको छ । उनको पिता काशीप्रसाद अधिकारीको आज उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । दिवंगत काशीप्रसादको अन्त्येष्टि काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिने पारिवारीक स्रोतले जनाएको छ । झापा अनलाइन परिवार दिवंगत अधिकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त पत्रकार द्रोण अधिकारीसहित अधिकारीमा सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

Read More

झापा, ८ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सिनियर नेताको अपमान हुने गरी भइरहेको प्रवृत्तिप्रति आपत्ति जनाएका छन् । नाम उल्लेख नगरी झापाका एक युवकले अग्रज नेताबारे अप्रीतिकर ढंगबाट टिप्पणी भइरहेको भन्दै उनले आफ्नै पक्षधरता भए पनि आफूले सकारात्मक रुपमा लिन नसक्ने बताएका छन् । अग्रज नेताबारे होच्याउने गरी भइरहेको गतिविधिलाई आफूले बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदा पनि रुपान्तरण नभएपछि यसबारे सामाजिक सञ्जालमा पोष्ट गर्न बाध्य भएको महामन्त्री शर्माको भनाइ छ । यसबारे शर्माले फेसबुकमा लेखेका छन्–विश्वप्रकाश शर्मा (या अन्य कोही नेतृत्व) को समर्थन या सार्वजनिक प्रशंसा गर्ने तर पार्टीकै (या अन्य पार्टीकै पनि) कोही अग्रज…

Read More

एजेन्सी । मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफसीका स्ट्राइकरले सियरा लियोनस्थित आफ्नै विवाहमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे । अघिल्लो महिना २६ वर्षका फुटबल खिलाडी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफसीसँग अनुबन्ध भए । यो सम्झौताबारे जुलाई २२ मा घोषणा भएपछि क्लबले उनलाई महत्वपूर्ण खेलको तयारीका लागि यथाशीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो । अफ्रिकाका यी स्ट्राइकरले आफ्नो विवाहको पहिले नै योजना बनाइसकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिनसमेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नकारात्मक…

Read More

झापा, ८ भदौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौ देखी १२ भदौ सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ । आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन…

Read More