
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ भदौ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक (२०७९) राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो। शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ। तर प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि नै बोलाइएको छ। राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो। राष्ट्रपतिले पुनर्विचार गर्न…
झापा, ७ भदौ । अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण भने लाम लागेर बुझाउँदै छन्। खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा भीड लागेको छ। सप्तरीको कञ्चनरूपका मेयर ललनप्रसाद गुप्ता, डाक्नेश्वरीका मेयर रामलखन मुखिया, शम्भुनाथका मेयर जितेन्द्रप्रसाद गुप्ताले सोमबार स्पष्टीकरण बुझाएका छन्। सप्तकोसीका मेयर कृष्णप्रसाद ढकाल र रूपनीका अध्यक्ष दिनेशकुमार यादवले मंगलबार अन्तिम दिन जसरी पनि स्पष्टीकरण बुझाउने प्रतिबद्धता जनाएका छन्। निर्वाचन अधिकारी रमेशकुमार जोशी बेलुका ७ बजेसम्म पनि स्पष्टीकरणका पत्र मिलाउँदै थिए। ‘३ सय ७ जनाले बुझाए। खर्च विवरण बुझाउनेभन्दा स्पष्टीकरण बुझाउने बढी हुने देखियो’, जोशीले भने।…
झापा, ६ भदौ । पछिल्लो एक दशकदेखि वातावरण तथा सरसफाइ अभियानमा सक्रिय रहँदै आएको क्लिन झापाले सोमबार १० औं साधारणसभा सम्पन्न गरेको छ । झापाको भद्रपुर ७ स्थित संस्थाकै कार्यालय परिसरमा आयाजित एक समारोहका बीच साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा आयोजित साधारणसभाको भद्रपुुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले उद्घाटन गरेकी थिइन् ।समारोहकी प्रमुख अतिथि उपप्रमुख कार्किले क्लिन झाmाले वातावर(ा संरक्षण र सरसफाइ प्रवद्र्धनका लागि सञ्चालन गर्दै आएको रचनात्मक क्रियाकलापको प्रशंसा गर्दै चुनौती बन्दै गएको सरसफााइ प्रवद्र्धन र वातावरण संरक्षमा सबै क्षेत्रको सहकार्य आवश्यक ्हेको बताइन् । उनले क्लिन झापाको अभियानमा सधैँ सहयोग पुर्याउने प्रतिबद्धता जनाइन् ।…
बिर्तामोड, ६ भदौ । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपालको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । पेशागत महासंघ केन्द्रीय सदस्य मदनप्रसाद खतिवडाको सभापतित्व तथा नेकपा एकीकृत समाजवादीका पोलिट व्युरो सदस्य श्री महेश रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि रेग्मीले मंसिरमा हुने संघीय तथा प्रदेशको निर्वाचनमा पार्टीलाई संगठित गर्दै लैजानुपर्ने बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शारदा शर्मा, जिल्ला अध्यक्ष वेदराज रेग्मी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, हिक्मतबहादुर बस्नेत, प्राज्ञ शुभद्रा भट्टराईलगायतले बोलेका थिए ।…
झापा, ६ भदौ । झापाको दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनाधिकृत रुपमा अनलाइनमार्फत ‘सट्टेबाजी’ (जुवा) खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदमा इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक दमक–८ का सतप्रसाद साह, सोही कन्सल्टेन्सीका सञ्चालक दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी टे«निङ सेन्टर दमकका सञ्चालक ३३ वर्षीय राजु लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उनीहरुले अनलाइन गेमिङमार्फत नेपालमा प्रतिबन्धित वानएक्सबेट एप्लेकेशनहमार्फत् जुवा खेलाउने गरेको प्रवक्ता पाठकले जानकारी दिनुभयो । अनाधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट…
झापा, ६ भदौ । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिए ।आर्थिक वर्ष २०७८–७९ मा मात्र छ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । अर्जुनधारामा एउटा र बुद्ध शान्तिमा दुई हात्ती मृत भेटिएको पाठकले जानकारी…
बिर्तामोड, ६ भदौ । साहित्य चौतारी झापाले साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच÷पाँच जनाका दरले बालप्रतिभा छनोट गरेको छ । मासिक सांगीतिक काव्यसभामार्फत चौतारीले बालप्रतिभा छनोट गरेको हो । यस पटकको मासिक काव्यसभा राष्ट्रकवि माधवप्रसाद घिमिरेमा समर्पित थियो । छनोट भएका बाल प्रतिभाबीच भदौ २९ गते प्रतिस्पर्धा हुने र उत्कृष्टलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरिने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘सिर्जनामा बालप्रतिभालाई प्रोत्साहित गर्दै लैजाने नीति अनुसार साहित्य चौतारीले उनीहरुबीच प्रतिस्पर्धा गराउन लागेको हो’, संरक्षक श्रेष्ठले भने । साहित्य चौतारीले हरेक सांगीतिक काव्यसभामा उत्कृष्ट भएका बाल प्रतिभालाई पुरस्कृत गर्दै आएको छ । यसपटक काव्यसभामार्फत कवितातर्फ गृष्मादेश प्रसाईं,…
विराटनगर, ६ भदौ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपाङ्गता भएका व्यक्तिका लागि सरकारले संविधानमा लेखिए अनुसार कार्यान्वयन गराउने बताउनुभएको छ । आइतबार सामथ्र्य समाज विराटनगरद्वारा लिखित अपिल पत्र बुझ्दै मन्त्री कार्कीले अपाङ्गता भएकाहरूको हक र अधिकार स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । संविधान जारी भएपछि पनि अझै मुलुकमा राजनीति स्थिरता पैदा नभएको बताउँदै मन्त्री कार्कीले सबैको पहलमा अधिकारहरुको कार्यान्वयन हुने बताउनुभयो । ‘हामीकहाँ अझै पनि स्थिरता कायम भएको छैन, प्रदेशको संरचना हुँदा हामी पुरानै भवनमा छौँ । नयाँ संरचना बनाउँदा अपाङ्गमैत्री बनाउन सरकार प्रतिबद्ध छ । तपाईँहरूले हामीलाई घच्घच्याउनुभयो । यसरी नै अधिकारको…
झापा, ६ भदौ । देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ । त्यसका लागि ७७ करोड रुपियाँ थप खर्च लाग्ने कम्पनीको दाबी छ । कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर उक्त जानकारी दिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने र त्यसका लागि केके गर्नुपर्छ भन्नेबारेमा कम्पनीलाई पत्र पठाएको थियो । सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने बताएको हो। पहिलो सम्झौता चार अर्ब ६७ करोड रुपियाँको थियो। यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, “देवनगरी लिपिमा लेख्न सम्भव रहेको पत्र आएको छ…
झापा, ६ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्राधिकरणले राउटरसहितका इन्टरनेटसँग सम्बन्धित भौतिक उपकरणहरूको न्यूनतम गुणस्तर निर्धारण गर्दै पूर्वस्वीकृतिको व्यवस्था अनिवार्य गरेको हो। प्राधिकरणले ग्राहकसँग सम्बन्धित तथा घरायसी प्रयोजनका सञ्चार उपकरणहरुको पहिलोपटक जारी गरेको न्यूनतम मापदण्डमा यस्तो व्यवस्था गरिएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार इन्टरनेट सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन दूरसञ्चार ऐन, २०५३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो । आजको कारोबार दैनिकमा खबर छ ।