झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ भदौ । मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन् । यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन् । स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए । सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछि एमाले चुनौतीपूर्ण दबाबमा छ। स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले पार्टीको संगठन अवस्थाबारे ब्रिफिङ गरेका थिए । बैठकमा…

Read More

झापा, ८ भदौ । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको हो । अन्य कर्मचारी समायोजनसम्बन्धी हकमा केहीमा कर्मचारी समायोजनविरुद्धको रिट केहीमा उत्प्रेषण र अन्य केही रिटमा परमादेश जारी भएको छ । सर्वोच्च प्रशासनका अनुसार १३ थान रिटमा परमादेश जारी गर्दै अन्यलाई खारेज गरिएको छ । समायोजनसम्बन्धी विषय समावेश रिटको एकमुष्ट सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला गरिदिएको…

Read More

झापा, ८ भदौ । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिनुभयो। राईले भन्नुभयो, “नियमित सुरक्षामा खटिने प्रहरीका लागि आवश्यक सामग्री खरिद तथा तलब…

Read More

झापा, ७ भदौ । झापा भद्रपुर निवासी अग्रज पत्रकार, प्रजातान्त्रिक योद्धा स्व. एसएल शर्माकी छोरी शान्ति पारिकले भारतको सिलिगुडीमा विशेषज्ञ चिकित्सकहरुको सेवासहितको अत्याभुनिक एवम् सुविधासम्पन्न स्किन ल्याव स्टुडियो सञ्चालनमा ल्याएकी छिन् । सिलिगुडीबाट नजिकै रहेको पूर्वी नेपालका सेवाग्राहीलाई समेत मध्यनजर गर्दै सिलिगुडीमा भारतकी प्रसिद्ध स्किन चिकित्सक डा. जमुना पाइको अगुवाइमा भारतका विभिन्न शहरमा स्थापना गरिएको डा. जमुना पाइ स्किन ल्याब स्टुडियो सञ्चालनमा आएको हो । भारतको मुम्बई, चेन्नई, पुणे, कोच्ची, हैदरावाद, बडौदाजस्ता ठूला शहरमा सफलतापूर्वक सञ्चालन भइरहेको डा. जमुना पाइ स्किन ल्याबको फ्रेञ्चाइजी आफूले लिएको सञ्चालक शान्ति पारिकले जानकारी दिइन् । सिलीगुडीको विशाल सिनेमा हलनजिकैको जेपी टावरको दोस्रो तलामा उक्त…

Read More

बिर्तामोड, ७ भदौ । झापाको अर्जुनधारा नगरपालिकाबाट अवैध रुपमा नदी उत्खनन्मा संलग्न छ वटा ट्याक्टर र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–१ र ८ नम्बर वडाबाट ती सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । प्रहरीले अर्जुनधारा–१ स्थित बिरिङ खोलाबाट मे १ त ६३४०, प्रदेश–१–०१–००१ त ८२३९, को १ त ६४४, मे १ त ५१३६ नम्बरको ट्याक्टर र अर्जुनधारा–८ बाट प्रदेश–१–०१–००१ क ११२४, बागमती प्रदेश–१–०६ ख ३६४७ नं.को ट्रिपरमा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । ती सवारीले अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको अवस्थामा फेला…

Read More

झापा, ७ भदौ । पछिल्लो समयमा थोक तथा खुद्रा वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढाइएकाले बिक्रेताहरुले उपभोक्ताहरुले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस गर्नुपर्ने माग गरिएको छ । केही महिनायता प्रदेश नं १ का झापा, मोरङ, सुनसरी लगायतका विभित्र जिल्लामा दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, चिउरा, भुजा लगायतमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको गुनासो आएको छ । सो गुनासोसँगै नेपाली उपभोक्ता संरक्षण महासङ्घ प्रदेश नं १ समितिले आज विज्ञप्तिमार्फत थोक तथा खुद्रा बिक्रेताहरुले उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस्नुपर्ने माग गरेको हो । यस कार्यप्रति स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयहरु तथा सरोकारवाला निकायको ध्यानकर्षण गराउन विज्ञप्तिमार्फत सो माग…

Read More

झापा, ७ भदौ । दाङको घोराही उपमहानगरपालिका–३ मा मंगलबार बिहानै एक वटा टिपरमा आगजनी भएको छ। बन्दकर्ताले बिहान साढे ४ बजे बबई खोलाको पुन नजिकै आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। उनका अनुसार ट्रक ड्राइभर र ४ जना बन्दकर्तालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। आज (मंगलबार) चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा…

Read More

झापा, ७ भदौ । देशभरबाट मिटरब्याजी ठगीसम्बन्धी मुद्दामा १९३७ उजुरी परेको छ । गृहमन्त्री बालकृष्ण खाणले सो परिमाणमा मिटरब्याजीबाट ठगिएको उजुरी परेको जानकारी दिएका हुन् । ‘विगतमा विभिन्न राजनीति दलसँग भएको सम्झौताप्रति वर्तमान सरकार प्रतिबद्ध छ । मिटरब्याजीबाट आम नागरिकले भोग्नु भएका समस्याको अध्ययन गर्न कार्यदल बनेको छ’ उनले भने, ‘मिटरब्याजी ठगी सम्बन्धी समितिमा १९३७ उजुरी परेको छ ।’ मन्त्री खाणका अनुसार प्रदेश १ बाट ९२ वटा, मधेस प्रदेशबाट १३३० वटा, बागमती प्रदेशबाट २०२ वटा, गण्डकी प्रदेशबाट ३५ वटा, लुम्बिनी प्रदेशबाट २११ वटा, कर्णाली प्रदेशबाट २३ वटा र सुदूरपश्चिम प्रदेशबाट ५५ वटा उजुरी परेका छन् । समितिमा परेको उजुरीमाथि सरकारले…

Read More

झापा, ७ भदौ । महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् । विशालपुर क्षेत्रका पाँचवटा गाउँको तलतिर गङ्गेश्वर देउताको मन्दिर भएका कारण छाउ भएका महिला देउता…

Read More

झापा, ७ भदौ । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उनी अहिले तनावमा छन् । सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उनको गुनासो छ । दाहालका आफन्तलाई पनि त्यही नम्बरबाट अनावश्यक फोन गइरहेको छ । बैङ्क खातामा त्यही नम्बर राखिएकाले कारोबारपछिको एसएमएस पनि त्यसैमा गइरहेको छ । दाहालका यस्ता गोप्य विवरणमा अहिले अपरिचित व्यक्तिको स्वतः पहुँच बनेको छ । काठमाडौँका समीर सिंह कपालीले एनसेलको नम्बर राखेर खोलेको फेसबुकमा पछि आफैँले पहुँच पाएनन् । एक वर्षसम्म रिचार्ज…

Read More